काठमाडौं ९ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा सुधार आएको छ ।

रगतमा हेमोग्लोबिनको कमी आएपछि सिटौला शुक्रबार काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका थिए । सिटाैलालाई भेट्न शनिबार अस्पताल पुगेका काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले उहाँको अवस्था सुधारोन्मुख रहेको बताए ।

आइसियुमा राखेर उपचार भइरहे पनि सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार भएको पाएको उनको भनाई थियो । सिटौलालाई भेट्न पार्टीका महामन्त्री शसांक कोइराला, नेता दिलेन्द्र बडुलगायतका कांग्रेस नेता शनिबार विहान ह्याम्स अस्पताल पुगेका थिए।