१२ पुस, अष्ट्रेलिया।

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली डुबेर मृत्यु भएको छ। सोमबार सिड्नीको कंगारु भ्यालीमा नेपाली युवक सुजन शर्माको पौडी खेल्ने क्रमममा डुबेर मृत्यु भएको हो।

आइतबार मात्रै सिड्नीमै अर्का एक नेपाली युवकको पौडी खेल्ने क्रममै डुबेर ज्यान गएको थियो।

क्रिममसको बिदा मनाउन उनी परिवार र साथीहरु सहित कंगारु भ्यालीमा पुगेका थिए। पौडी खेल्न पसेका उनी निक्लन नसकेपछी साथीहरुले उनलाई बचाउन निकै प्रयास गरे पनि सफल हुन सकेन।

उनीलाई करिब चार घण्टा पछि उद्दारकर्मीहरुको सहयोगमा बाहिर निकालिएको थियो। उनलाई तत्काल मृत घोषणा गरिएको थियो। ।

काठमाडौंको बौद्ध घर भएक शर्मा सन् २०१३ मा विद्यार्थी भिषामा अष्ट्रेलिया आएका थिए। हाल उनकी श्रीमती नर्सिङ पढ्दै गरेको थाहा भएको छ। परिवारको आग्रहमा अन्तिम संस्कारका लागि उनको शव नेपाली पठाउने तयारी गरिएको छ।

आइतबार मात्रै सिड्नीको वाटोमोलमा पौडी खेल्ने क्रममा सुजन अधिकारीले ज्यान गुमाएका थिए।