एजेन्सी । अस्ट्रेलियाको सिड्नीमा नेपाली विद्यार्थीले एक महिलामाथि आफूले झुक्किएर मुक्का प्रहार गरेको भन्दै माफी मागेका छन् ।

pawan-shrestha-1jpg

नेपालका १९ बर्षीय युवक पवन श्रेष्ठले शनिबार म्याकडोनाल्ड रेष्टुराँमा एक महिलालाई मुक्का हानेका थिए । पवनसँगै अर्का नेपाली युवक २० बर्षीय नोर्बु शेर्पाले पनि रेष्टुराँमा आएका अरु युवकहरुसँग झगडा गर्न खोज्दा पवनले अचानक जएक महिलालाई मुक्का हानेको सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा देख्न सकिन्छ । पवनले महिलालाई मुक्का हानेपछि अरु युवाहरुले उनलाई कुटेका भिडियोमा देखिन्छ ।

प्रहरीसँगको बयानमा पवनले भनेका छन्, म कहिल्यै महिलामाथि हात उठाउने प्रयास गर्दिन, भूलबस महिलालाई लाग्न गएको हो । डेली मेलले आफ्नो रिपोर्टमा भनेको छ । आफमाथि आक्रमण गर्ने युवकलाई हान्न खोज्दा महिलालाई लागेको पनि पवनले दाबी गरेका छन् ।

म्याकडोनाल्ड रेष्टुराँमै काम गर्ने पवनलाई जागिरबाट निकालिएको छ भने उनलाई देशबाटै निकाला गर्न सक्ने संभावना रहेको पनि डेली मेलले लेखेको छ । दुबैको पासपोर्ट नियन्त्रणमा लिएर जमानतमा रिहा गरिएको छ । उनीहरुलाई फेब्रुअरी १५ मा स्थानीय अदालतमा उपस्थित हुन आदेश दिइएको छ । (हेर्नुस् झगडाको भिडियो)