१८ असोज, बुटवल ।

बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा खसेको ढुंगाले लागेर ४ जना घाइते भएका छन । घाइते हुनेमा लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवार बुटवल १९ का १९ बर्षिय रूम बहादुर घिमिरे ,२१ बर्षिया नविता न्याैपाने र डेढ बर्षिय प्रतिस न्याैपाने रहेका छन।

यसैगरी, बा१५ च ७५११ नम्बरको स्कारपियाेमा सवार रिमा न्याैपाने पनि घाईते भएकी छन । उनीहरूकाे लुम्बिनी अचल अस्पताल बुटवलमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएका छन ।

ढुंगा खसेपछि अहिले सवारी पनि अवरुद्ध भएको छ ।