९ असोज, काठमाडौं ।
साढे चार लाख भुकम्प पीडितलाई पहिलो किस्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीमा निर्वाचित भएको पचास दिनभित्र साढे चार लाख भूकम्पपीडितले पहिलो किस्ताको राहत रकम पाएको बाएका छन् । शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ अन्तर्सम्वाद कार्यक्रममा बोल्दै प्रचण्डले अझै एक लाख बढी भूकम्प पीडितले राहत रकम पाउन बाँकी रहेको बताएका हुन् ।Prachanda sidha kura pradhanmatri 7571528

भूकम्प पीडितको राहत रकम समयमै पुरा नहुँदा मलाई नमीठो लागेको बताउदै निर्देशक समितिको बैठकमा कामको समिक्षा हुने बताए । ‘समयमै प्रतिवद्धता पुरा नहुनुको गम्भीर समीक्षा हुनेछ, आवश्यक कार्वाही गरेर सरकार अगाडि बढ्छ । म प्रधानमन्त्री हुँदा ३२ हजारले राहत पाएका थिए । तर, अहिलेसम्म चार लाखभन्दा बढीले राहत पाएका छन् । यो केही पनि होइन भन्न मिल्दैन । तर, म यसमा सन्तुष्ट छैन, त्यसैले गम्भीर समीक्षा गरेर अगाडि बढिनेछ, प्रचण्डे भने ।

यो पढ्नुस्: ओली बामदेव विवाद तिब्र, बमदेवले खोले पोल

केही दिनभित्र परिणम निस्कन्छ
देशभित्र कामको चाप थियो । म भारतबाट फर्कदै गर्दा राष्ट्रसंघमा जाँदा झन् धेरै समय लाग्ने कुरामा सोच्दै थिएँ । नेपाल आउँदा मधेशी, थारु, जनजातिका प्रतिनिधिहरुले पनि अमेरिका भ्रमणमा नजान आग्रह गर्नुभयो । प्रधानमन्त्री नै जानुपर्छ भन्ने बाध्यतात्मक स्थिति पनि थिएन । त्यसैले न्यूयोर्क भ्रमण रोकेको हुँ । संविधान संशोधनको तयारीको काम अगाडि बढ्दैछ । काम प्रगतिउन्मूख छ, केही दिनभित्र सकारात्मक परिणाम निस्कन्छ । अविश्वासको दुरी घट्दै गएको छ ।

संविधान संशोधनमा हिन्दी भाषा कहाँबाट आयो ?
संविधान संशोधनमा हिन्दी भाषा वा नागरिकताको कुनै चर्चैा चलेको छैन । यस्ता भ्रामक समाचार सम्प्रेषण नै मेरो लागि अनौठो लागिरहेको छ । संविधान संशोधनमा हिन्दी भाषा र नागरिकताको विषयले प्रवेश नै पाएको छैन । यति भ्रामक कुरा गरेर सहमतिको वातावरण भाड्न सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो सम्भव छैन । सीमाङ्कन लगायतका विषयमा हामी समझदारीको नजिक पुगिरहेका छौं । हामीले आफ्नो अडानबाट पनि लचक भएर हेर्नुपर्छ । सबै नेताहरु लचक हुनुपर्ने बाध्यतात्मक परिस्थिति छ । दशैं अघि नै संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने सम्भावना छ ।

भारत भ्रमणको आँखा चिम्लिएर विरोध गर्ने छन
भ्रमणले दुई देशबीचको चिसोपन घटाउन मद्दत पुगेको छ । पूनर्निर्माण, हुलाकी राजमार्ग लगायतका आयोजना र साझेदारीका विषयमा भएको प्रगति राष्ट्रिय हितमा छ । यस भ्रमणमा विवाद गर्नुपर्ने कुनै कारणा छैन । तर, भारत भ्रमण भन्नेबित्तिकै विषय नै नबुझेर आँखा चिम्लेर विरोध गर्ने मानसिकता पनि हामीकहाँ छ, यसमा मेरो भन्नु केही छैन । भ्रमण राष्ट्रिय हितमा छ, यसमा कुनै भ्रम राख्न जरुरी छैन ।

भ्रष्टचारको विरुद्ध रातदिन खटिरहेको छु
जनता र राष्ट्रको पक्षमा बेथिति र भ्रष्टाचारका विरुद्ध आफूलाई समर्पित गराएर रातदिन खटिरहेको छु । यो एउटैले गरेर हुने काम होइन, यसका लागि सरकार र जनता मिलेर जान जरुरी छ । त्यसका लागि जनताको साथको अपेक्षा गरेको छु ।

संयुक्त वक्तव्य राष्ट्रको हितमा
भारत भ्रमणको क्रममा जारी संयुक्त वक्तव्य असंलग्न परराष्ट्र नीतिकै पक्षमा छ । जुनसुकै देशमा जाँदा पनि दुईपक्षीय औपचारिक वक्तव्य जारी हुन्छन् । हामीले गरिएको पनि त्यही हो । वक्तव्यको ११ नम्वर बुदामा उल्लेख गराएको कुरा पनि त्यही मात्रै हो । अहिले गरिएका सम्झौता राष्ट्रिय हितमै पक्षमा छ । यसमा भ्रम दिन जरुरी छैन । बि.सं. २००४ देखि चल्दै आएको कुटनीतिक परम्परालाई अहिले आएर प्रश्न उठाउनुको कुनै सान्दर्भिकता छैन ।

कालोबजारी रोक्न सरकार लागि परेको छ
महंगी, कृतिम अभाव, कालोबजारीले बजारमा बिसङ्गति बढाएको छ भन्ने बुझेर नै बजार अनुगमनलाई प्रभावकारी बनाइएको छ । बजार अनुगमनलाई थप व्यवस्थित गर्न सरकार लागिरहेको छ । यसका लागि बाणिज्य तथा आपूर्ति मन्त्रालयले काम गरिरहेको छ, अनुगमनको प्रक्रिया निरन्तर छ । यसलाई निरन्तर अगाडि बढाउन जोड गरिरहेको छु । जनतालाई सहज आपूर्तिको व्यवस्था गरिनेछ । यसमा सरकारले काफी काम गरेको छ । टिकट काउन्टर व्यवस्थित गर्न मन्त्री नै अनुगमनमा जाँदै हुनुहुन्छ । यातायातको टिकटको सहज व्यवस्थाका लागि काम भइरहेको छ । भोलि, पर्सीमा सुधार हुनेछ ।

साह्रे सानो चित्त बनाएर हेर्न जरुरी छैन
साह्रै सानो चित्त बनाएर हेर्न जरुरी छैन । भारत भ्रमणको क्रममा नेपालमा भइरहेको राजनीतिक प्रगतिको जानकारी गराउनु देशको हितविपरित हुँदैन । नेपालमा संविधान घोषणा ऐतिहासिक उपलब्धि हो भन्ने हामीले प्रष्ट भनेका छौं । यसमा भारतको स्वागत गराउनु धेरै महत्वपूर्ण कुरा हो । भारतले नेपालको संविधान कार्यान्वयनमा गरेको स्वागत त ठूलै उपलब्धि हो । यसलाई बुझ्न सक्नुपर्छ । संविधान हामीले घोषणा गरेको हो । कार्यान्वयन पनि हामीले गर्ने हो । यसमा सकारात्मक कुरा आएपछि हामीले उपलब्धिकै रुपमा हेर्नुपर्छ । विगतमा केही असमझदारी भएकै हो ।

मिडियाले गम्भीर समीक्षा गर्नुपर्छ
नेपालमा संविधान निर्माण गर्ने बेलामा नै प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएका छौं । हाम्रो संविधानले प्रेस स्वतन्त्रताको वकालत गरेको छ । सही सूचना पालना गर्ने कुरा आत्मानुशासनको कुरा हो । राज्यले नियन्त्रण गर्ने भन्दा पनि पत्रकारहरुले प्रेस आचारसंहिता आफै पालना गर्ने कुरा हो । हिन्दी भाषाको प्रचार जसरी गरियो, यो निकै कपोलकल्पित छ । यसमा मिडियाले गम्भीर समीक्षा गर्नुपर्छ । तर, यसमा नियन्त्रण गर्ने मेरो कुनै सोंच छैन । म पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छु ।

अब मेलम्ची आयोजनामा शंका छैन
मेलम्ची आयोजनाको काम सन्तोषजनक भएको छ । राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न म अरु आयोजनाहरुको पनि नियमित अनुगमन गर्नेछु । कृष्णप्रसाद भट्टराईजीले देखेको सपना सम्मानयोग्य छ । २७ किलोमिटरमध्ये २० किलोमिटर सुरुङ सम्पन्न भएको छ, मुहानमा काम अगाडि बढिरहेको छ । अब मेलम्ची आयोजनामा शंका गर्ने ठाउँ छैन । अब निर्माणको कामले तिब्रता पाउँछ र काठमाडौंमा छिटै मेलम्चीको पानी आउनेछ । नयाँ वर्षमा कम्तिमा पनि काठमाडौंमा पानी ल्याई सक्नुपर्छ ।

मेरो विश्वास डगमगाएको छैन
नव निर्माणको प्रयासमा सरकार छ । यसमा मेरो विश्वास डगमगाएको छैन । हामीले राष्ट्रिय संकल्प गर्न जरुरी छ । साथै दातृ निकायसँग पनि हाम्रो पूनर्निर्माण र नवनिर्माण अनुकूल अनुदान र सहयोगका लागि अनुरोध गरेका छौं । सरकार यसमा गम्भीर छ । छिटै रफ्तारमा अघि बढ्नेछौं ।