११ बैशाख, काठमाडौं । गोरखा भूकम्प गएको दुई वर्ष पुग्दा पनि पराकम्प जाने क्रम रोकिएको छैन ।

दुई वर्ष पुग्न एक दिन बाँकी हुँदा आज साँझ ५ बजेर ४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलब २ रेक्टरको पराकम्प गएको हो । झण्डै दुई महिना पराकम्प गएको थिएन ।

गोरखाको बारपाक केन्द्र भएर ७ दशमलब ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको भोली दुई वर्ष पूरा हुँदैछ । अहिलेसम्म ४ रेक्टर माथिका ४ सय ८३ पराकम्प मापन भइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।