०४९ सालमा रेडियो नेपालमा अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा उनको स्वरमा रहेको सिमसिमे पानीमा गीतले प्रथम स्थान चुम्न सफल भएपछि गीत सङ्गीतमा पूर्णरूपमा लागेकी उनीलाई केही म्युजिक भिडियोहरूमा मोडलका रूपमा पनि देख्न पाइन्छ ।
धादिङ जिल्लाको धुवाकोट रातमाटेमा माघ २४ मा बुवा गणेशविक्रम शाह र माता रत्नकुमारी शाहको कोखबाट जन्मिएकी रेखा शाह रेखा फाउन्डेशनमार्फत सामाजिक कार्यहरूमा पनि सक्रिय रहँदै आएकी छन् । उनी यस फाउन्डेशनकी अध्यक्षसमेत हुन् । यस संस्थाले द्वन्द्व पीडित र अन्य समस्यामा रहेका बालबालिकाहरू साथै स्कुलहरूलाई सहयोग पुर्याउँदै आएको छ । आठ कक्षामा पढ्दादेखि नै गायनमा रमाउन थालेकी उनी उमेर अनुसार भोकलमा पनि परिवर्तन आउने बताउँछिन्।

नेपाली हेडलाइन्सले केही अघि रेखा शाहलाई आफ्नो क्यामेरामा कैद गरेको थियो। मिठो स्वरकी धनि रेखाको सुन्दरताको पनि कुनै जवाफ छैन् । प्रस्तुत छ तीनै सुन्दर तस्विरहरु..

Rekha Shah Photos (4) Rekha Shah Photos (5) Rekha Shah Photos (6) Rekha Shah Photos (7) Rekha Shah Photos (8) Rekha Shah Photos (9) Rekha Shah Photos (10) Rekha Shah Photos (11) Rekha Shah Photos (12) Rekha Shah Photos (13) Rekha Shah Photos (14) Rekha Shah Photos (15) Rekha Shah Photos (1) Rekha Shah Photos (2) Rekha Shah Photos (3)