कसैलाई बिना सिरानी मिठो निन्द्रा आउँछ त कोही अग्लो सिरानी नभइ निदाउनै सक्दैनन्। तर गलत सिरानीको कारण स्वास्थ्यमा आउनसक्ने गम्भिर समस्या प्रति भने सजग हुनुपर्छ।pillow sleep 90257912

  • निकै अग्लो सिरानी प्रयोग गर्दा ब्लड सर्कुलेशन सहि तरिकाले हुन पाउँदैन। यस्तोमा पेट र छालासंग जोडिएका समस्या बढ्न जान्छ।
  • सिरानीको खोल धेरै दिनसम्म नधोई प्रयोग गर्दा त्यसमा हुने ब्याक्टेरियाको कारण डण्डिफोरको समस्या बढ्छ।
  • सिरानी निकै मोटो भएमा गर्दन चिउँडो तर्फ झुक्छ। यसले राती घुर्ने समस्या बढ्न जान्छ। त्यस्तै सिरानी निकै पातलको भए स्वास नली थौरै बन्द भइ घुर्ने समस्या आउँछ। त्यसैले सिरानीको छनोट स्वास्थ्यको लागि निकै महत्वपूर्ण हुन्छ।cervical spondylitis 895250412
  • निकै कडा सिरानीमा सुत्दा शरिरले सहि आराम पाउन सक्दैन। शिरमाथी दबाब पर्छ। यसबाट सर्भिकल स्पोनडीलिटिसको समस्या हुन सक्दछ।
  • ज्यादा नरम सिरानी प्रयोग गर्दा शरिरको पोस्चर बिग्रिन्छ। घाँटी र ढाडको हड्डी एकै लाइनमा रहदैन। घाँटीको दुखाइ बढ्न थाल्छ।

कसरी ध्यान दिने?

  • सिरानी छान्दा ज्यादै कडा हुनुहुदैन, न त ज्यादा नरम हुनुहुन्छ। टाउको राख्दा थौरै दब्ने सिरानी उपयुक्त हुन्छ।
  • सिरानी आफ्नो सहजता अनुसारको चौडा हुनुपर्छ। काँधलाई पुरै सपोर्ट हुने गरि सिरानी चौडा हुनुपर्दछ।
  • कटनको सिरानी सबैभन्दा बढी प्रयोग गरिन्छ किनकी यसमा राम्रोसंग हावा सर्कुलेट हुन्छ। जसको कारण स्वास लिन सजिलो हुन्छ। साथै फाइबर र सिल्कको सिरानी पनि प्रयोग गर्न सकिन्छ।

यो पनि पढ्नुस्।

ढाडको दुखाइ रोक्ने नयाँ तरिका पत्ता लाग्यो

मृगौला सम्बन्धी रोगका १० सङ्केत, जसलाई कहिल्यै बेवास्ता गर्नुहुँदैन