कुशल श्रेष्ठ

के तपाईँलाई थाहा छ, अनुहारमा चायाँ, चाउरीपना, डण्डीफोर, कपाल झर्ने अनि आँखीभौँ टुक्रिएर झर्ने जस्ता समस्या किन आउँछ? यसको मूख्य कारणमध्ये तपाईँको फोहोर सिरानी पनि पर्न सक्छ। दिनभरको प्रदूषण र धुँवा धूलोलाई त तपाईँले ‘फेसवास’ले सफा गर्नुहुन्छ, तर यदि तपाईँको सिरानी फोहोर छ र त्यही सिरानी राखेर सुत्नुहुन्छ भने, विचार पुर्याउनुहोस्, त्यसले यस्ता ५ समस्याहरू पनि आउन सक्छन्।Girl with Pillow

१. छालाका प्वालहरू टाल्लिने

Skin Pores Blockageधेरै समयसम्म पनि सिरानीलाई सफा गरिएन भने त्यसमा फोहोर र दुर्गन्ध जमेर बस्दछ, साथै यसले अनुहार र कपालबाट निस्कने तेललाई पनि सोस्दछ। यस्तो सिरानी राखेर सुत्दा त्यसको फोहोर अनुहार र कपालमा टाँस्सिन्छ जसको कारण हाम्रो छालामा भएका स-साना प्वालहरू ब्लक हुन्छन् र पर्याप्त मात्रामा अक्सिजनको पहुँच हुँदैन। यसले अनुहारमा डण्डीफोर, चायाँ जस्ता समस्याहरू उत्पन्न हुने गर्छ।

२. एलर्जी हुने

Skin Allergyसिरानी बनाउँदा धेरै किसिमका कलरिङ, ब्लिच र रसायनहरूको प्रयोग गरिएको हुन्छ, जुन छालाको लागि एकदमै हानिकारक हुन्छ। छालाको साथै यसले रौँको जरा (फोलिकल्स) मा समेत प्रतिक्रिया गरी विभिन्न किसिमका एलर्जी निम्त्याउन सक्छ।

(एलर्जी के हो र यसबाट बच्न के गर्नुपर्छ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्)

३. डण्डीफोर आउने

Face Pimplesडण्डीफोर आउनुका धेरै कारणहरू हुन सक्छन्, हर्मोन, तनाव, अनिन्द्रा र वंशाणुगतको साथै फोहोर सिरानी पनि ती कारणमा पर्न सक्छ। सिरानीमा भएका फोहोर अनुहारको छालामा टाँस्सिन्छ र अलिअलि भएको डण्डीफोरलाई पनि झन् बढी फैलाउँदछ।

(डण्डीफोरबाट बच्न यी काम गर्नुहोस्)

४. कपाल झर्ने

Hair Lossसिरानीको कारणले छालामा भन्दा बढी कपालमा असर गरिरहेको हुन्छ, किनभने घरमा बस्दा मानिसहरू धेरैजस्तो आफ्नै सिरानीलाई साथमा राख्न रुचाउँदछन्, र सिरानीमा जम्मा भएको फोहोर कपालमा टाँस्सिएपछि कपाल झर्ने, कपालमा चायाँ पर्ने, कपाल फुस्रो हुने जस्ता समस्याहरू देखा पर्दछन्।

(कापल झर्ने समस्याबाट कसरी बच्ने? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्)

५. चाउरीपना

Wrinklesकलिलै उमेरमा अनुहारमा चाउरीपना आउनुको पछाडि फोहोर सिरानी पनि एक कारण हुन सक्छ। हुन त, हानिकारक साबुन तथा अन्य रसायनिक वस्तुको प्रयोग अनि वंशाणुगत गुणले पनि अनुहार चाउरी पर्ने हुन्छ। तर, पेटको सहाराले सुत्दा पनि लगातार अनुहारको छाला र सिरानीको सम्पर्क भैरहेको हुन्छ, जसको कारण छालाको स्वस्थ तन्तूहरूको क्षेय हुन जान्छ।

(अनुहारको चाउरीपना हटाउने अचुक उपायको बारेमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस्)

यस्तो समस्याबाट बच्नको लागि विशेष गरी आफ्नो सिरानीमा ध्यान दिनुपर्दछ। आजकालका रङ्गीचङ्गी सिरानीहरूमा विभिन्न किसिमका रसायनहरू प्रयोग गरिएको हुन्छ, त्यसैले सिरानीमा सादा र नरम खोल राख्नुपर्दछ। हरेक ४/५ दिनमा सिरानीको खोललाई धुनुपर्दछ र सिरानीलाई सुकाउनुपर्दछ, यसरी घाममा सुकाउँदा, त्यहाँ भएका चिल्लोपना र दुर्गन्ध हट्ने हुन्छ।

यो पनि हेर्नुहोस्-
कसरी सुत्दा शरिरलाई सहज हुन्छ? कता फर्केर सुत्ने
राती नाङ्गो सुत्नुका ५ फाइदा
चकित पार्ने : एकै तस्बिरमा दुई अनुहार – फोटो फिचर
अनुहार चम्काउने ८ अचुक फर्मुला
अनुहारमा झुस आएर दुःख दियो ? पिर नगर्नुस्