रसियाका महत्वकांक्षी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरिराखेका छन्। पश्चिमा सञ्चारमाध्यमहरु पुटिनले संसारमा पुन: एकपटक रसियालाई विश्वशक्तिको रुपमा स्थापित गर्न सिरियामा हतियार प्रदर्शन गरेको बताउँछन्।

इस्लामिक स्टेटलाई कारवाही गर्न सिरियामा आक्रमण शुरु गरेको रसियाले खास उदेश्य राष्ट्र बशर अल असदलाई जोगाउनु रहेको अमेरिकाले आरोप लगाउने गरेको छ। यसबीच टर्कीले एक रसियन लडाकु विमानलाई आफ्नो क्षेत्रमा छिरेको भन्दै खसालिसकेको छ। तर रसियाले सिरियामा टसमस हुने संकेत दिएको छैन्। बरु पुटिनले रसियामा एक से एक घातक हतियार उतारेर अमेरिका नेतृत्वको नाटो गठबन्धनलाई समेत रक्षात्मक पारेका छन्।

सुखोइ-३५ फाइटर जेट

russia new wepons in syria 242916

सुखोइ-३४ फाइटर जेट रसियन वायुसेनाले सन् २०१५ देखि प्रयोगमा ल्याइरहेको छ। सिरियामा सुरुदेखि नै तैनाथ यो फाइटर विमान प्रयोग गरि रसियाले इस्लामिक स्टेट माथी कारवाही चलाउँदै छ। पछि आफ्नो आधार इलाका बढाएर रसियाले सुखोइ-३४ भन्दा अझै अत्याधुनिक सुखोई-३५ एस विमान सिरियामा उतारेको छ। यसको युद्ध क्षमताले विश्वका ठुला हतियारका ग्राहक लोभिने गरेका छन्।

लामो दुरीका क्रुज मिसाइल

russia new wepons in syria 3715616सन् २०१५ मा विश्व एकाएक सतर्क भयो जब रसियाले आफ्नो लामो दुरीको क्रुज मिसाइल इस्लामिक स्टेट विरुद्ध उतार्यो। सयौं किलोमिटर टाढाबाट ‘कलिब्र-एनके’ मिसाइल प्रहार गर्ने सक्ने यो हतियारले सिरियामा सयौं आतंककारI अनि तिनका हतियार र तेल भण्डार खरानी बनाएको छ। विश्वकै ध्यान खिचेको यो क्रुज मिसाइल प्रणालीको कयौं विशेषता अझैपनि रसियाले सार्वजनिक गरेको छैन। यसको एउटै विशेषता प्रष्ट छ, ३५० किलोमिटर टाढासम्म यसले अचुक निशाना लगाउन सक्छ भने पानी बाट २,६०० किलोमिटर टाढा जमिनमा मिसाइल प्रहार गर्न सक्दछ।

टुपोलेभ-१६० स्ट्र्याटेजिक बमर

russia new wepons in syria 41016716

रुसमा ह्वाइट स्वान (सेतो हाँस) र पश्चिमी मुलुकमा ‘ब्ल्याकज्याक’ को नामले चिनिने टुपोलेभ -१६० बमर बिमानले परमाणु हतियार बोकेर १४,००० किलोमिटर एकैपटकमा उडान भर्न सक्ने सार्मर्थ्य राख्दछ।

सिरियामा भने यसले केएबी-५०० गाइडेड बम, केएच-२९एल लेजर गाइडेड मिसाइल र केएच-१०१ एयरलञ्च्ड मिसाइल प्रयोग गरेर इस्लामिक स्टेटका अखडामा प्रहार गर्दैछ।

टिओसए-१ए सोलनसेपियोक रकेट लञ्चर

russia new wepons in syria 51430716
यो हतियारले एकपटकमा थुप्रै रकेट प्रहार गर्न सक्दछ। यो सिरियाको युद्धमा निकै प्रभावकारी सिद्ध भएको छ। पहाडी इलाकामा लुकेर बसेका आईएस विरुद्ध रुसले यसको निकै प्रभावकारी ढंगले प्रयोग गर्दै आएको छ। यसबाट प्रहार रकेट निशानामा पुगि विस्फोट भएपछि उत्पन्न हुने तरंगले नै आईएसको गढ ध्वस्त पार्ने गरेको छ।

बिटिआर-८२ए ट्याङ्क

russia new wepons in syria 61668416
जल र वायु मा मात्र होइन, रुससंग जमिनमै चल्ने ट्याङ्क पनि निकै अत्याधुनिक छ। ३० एमएमको अटोक्यानन र ७.६२ एमएमको मेसिनगन सहितको यो ट्याङ्कमा डिजिटल टारगेट प्रणाली जडान गरिएको छ। कङ्क्रिटका ठुला संरचनापनि यसले धुलो बनाउन सक्ने सामर्थ्य राख्छ।

यो पनि पढ्नुस्।
चीनसंग रहेका १० घातक हतियार..(फोटोकथा)
भारतसंग भएको ५ घातक तथा प्रभावशाली हतियार
हतियार बनाउने कारखानामा किम जोंग उन आफै छिरेपछि…