एजेन्सी।

ट्रकमुनि फसेर आफ्नो हात चलाउन नमिलेको बेला आइफोनको सिरीले एक किशोरको ज्यान बचाउन मद्दत गरेको छ। गत शनिवार ‘टेनेस्सि’का १८ वर्षीय किशोर आफ्नो सवारी साधन बनाउनको लागि साधन मुनि छिरेका थिए र त्यतिबेला उक्त साधन उनीमाथि खसेर हात-खुट्टा चलाउन मिलेको थिएन। फेरि उसको बोली पनि कसैले सुनेको थिएन।siri-inline

त्यतिबेला उसको खल्तीमा भएको आइफोनको ‘होम बटन’ झुक्किएर थिच्चिएपछि, उक्त किशोरले ‘सिरी’को आवाज सुनेका थिए र मद्दत माग्ने सहि मौका भेटेका थिए। त्यसपछि उनले सिरीलाई ९११ मा कल गर्न आग्रह गरेका थिए। अन्ततः उनलाई बचाउन सहयोग टोली एकछिनमा आइपुगेको थियो।