रामायणमा सीता मातालाई उनको पति अयोध्याका राजा श्रीरामले अग्निपरिक्षा लिन आदेश दिएपछि, त्यो दुर्व्यहारलाई सहन नसकी धर्ती माताको काखमा पलायन भएको कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो। तर अहिेलेको यो कलियुगमा, सीता माता पलायन भएको ठाउँ कहाँ छ र कस्तो छ भनेर कहिल्यै सोँच्नुभएको छ?

सीतामरही, उत्तरप्रदेश

allahbadभारतको अलाहवाद र वरानसीको मध्यभागमा अवस्थित यो पवित्र ठाउँलाई ‘सीता समाहित स्थल’ अथवा ‘सीतामरही’ नाम दिइएको छ। हिन्दु धर्मावलम्बीहरूको लागि यो महत्वपूर्ण ठाउँ नेशनल हाइवे नं २ कै छेउमा पर्दछ र जङ्गीजङ्ग रेलवे स्टेशन हुँदै अलाहवाद र वरानसी रेल मार्गलाई जोड्दछ। यो पवित्र ठाउँ हिन्दुहरूको लागि तीर्थयात्रा गर्ने ठाउँ बनेको छ भने विभिन्न देशहरूबाट आएका पर्यटकहरूको पनि आकर्षणको केन्द्र बन्न पुगेको छ।

अग्नी परीक्षाको लागि सीताको अस्वीकार

sita samahit sthalसीतामरहीको जङ्गलमा ऋषि वाल्मिकीको आश्रममा बसेको देखेपछि श्रीरामले सीता मातालाई दोश्रोचोटि अग्निपरीक्षा लिन आदेश दिएका थिए। त्यसपछि, सीता माताले आफ्नै इच्छा अनुसार धर्ती माताको काखमा पलायन भएकी थिइन्। माथि देखाइएको तस्विरमा भएको मन्दिर नै त्यो ठाउँ हो भन्ने त्यहाँका बासिन्दाहरूको विश्वास रहेको छ।

रामायणलाई पल्टाएर हेर्दा

Ramayan‘रामायण’ ग्रन्थ साधु वाल्मिकीले लेखेको विश्वास गरिन्छ। रामायणमा, श्रीरामले अयोध्याको राजा बनिसकेपछि एउटा ठूलो महायज्ञ लगाएका थिए। उक्त यज्ञबाट एउटा घोडा प्रकट भएको थियो र राजा रामलाई यज्ञले त्यो घोडा समात्नको लागि चेनौती प्रदान गरेको थियो। त्यसपछि, यज्ञबाट प्रकट भएको घोडालाई श्रीरामले खोज्न हिँडेका थिए र त्यसैबेला उनले वाल्मिकीको आश्रम फेला पारेका थिए।

राम र सीताका छोराहरू

baripur forestअहिलेको भदोही जिल्लामा पर्ने बरिपुर गाउँको जङ्गलमा उक्त घोडा चाहार्दै गर्दा सीता माताका २ छोराहरूले त्यो घोडालाई समातेका थिए।

महायुद्ध सुरु भयो

hanuman and sitaसीता माताका २ छोराहरू (लव-कुश) ले यज्ञबाट निस्केको घोडालाई समातेपछि, श्रीरामका महायोद्धाहरू (लक्ष्मण, भरत, शत्रुघन, सुग्रीभ, नाला-नीला) लव-कुशसँग युद्ध गर्न निस्किए। तर, २ जुडुवा भाईहरूले ती सबै महायोद्धाहरूलाई हराए, त्यतिमात्रै नभएर सबैभन्दा बलियो हनुमानलाई पनि उनीहरूले बानेर राखिदिएका थिए।

श्रीरामले युद्ध गर्न आए

ShreeRamअन्त्यमा, अयोध्याका राजा ‘श्रीराम’ आफै ती २ बालकहरूसँग युद्ध गर्न उक्त ठाउँ आइपुगे। त्यसैबेला नै रामले आफ्ना २ छोराहरू र उनी धर्मपत्नी सीतालाई भेटेका थिए।

ती २ बालकहरू को हुन्?

balmikiत्यो जङ्गलमा सबै योद्धाहरूलाई हराउने ती २ बालक को थिए भनेर कसैलाई पनि थाहा थिएन। उनीहरूलाई यो थाहा थिएन कि, ती २ बालकहरू श्रीरामका छोराहरू थिए र अयोध्याका राजकुमारहरू थिए।

सीता र रामको सङ्गम

agastya prays ram and sitaश्रीरामसँगको युद्धमा लव-कुशलाई हार्दै गरेको देखेर सीता माताले अगस्त्य मुनीलाई आफ्नो २ छोराहरूलाई बचाउनको लागि आग्रह गरिन्। सीता माताको आग्रह पालन गरी अगस्त्यले रामको अगाडि गई दुई हात जोडी आफ्ना २ छोराहरूलाई क्षमा गर्नको लागि प्रार्थना गरे।

त्यसपछि के भयो?

Hanumanअगस्त्यको उक्त क्षमायाचनापछि, सीता अझसम्म वाल्मिकी आश्रममा बसेको भन्ने थाहा पाएपछि, श्रीरामले उनलाई अयोध्या फर्किन आदेश गरे, तर त्योभन्दा अगाडि फेरि पनि अग्निपरीक्षा लिनुपर्ने कुरा बताए।

सीताले सहन सकिनन्

Ram, Sita and Hanumanलङ्काबाट फर्किएपछि अयोध्याका जनताहरूलाई खुसी पार्नको लागि अग्निपरीक्षा लिएकी सीताले फेरि पनि रामको कुरा सुनेर स्तब्ध भइन्। त्यसपछि, उनले सहन नसकी भूमी देविको प्रार्थना गरेर उनकै काखमा पलायन हुने निर्णय गरिन्।

धर्ती माता

sita went inside earthत्यसपछि, धर्ती माताले, जसको काखबाट राजा जनकले सीतालाई फेला पारेका थिए, जमीन खोलेर सीताको प्रार्थनालाई स्वीकार गरिन्।

यसरी सीतामाता धर्तीमाताको काखमा पलायन भएपछि, सो ठाउँलाई पवित्र मान्दै आइएको हो। अहिले पनि यो ठाउँलाई हिन्दुधर्मावलम्बीको पवित्र ठाउँ मानिन्छ र वर्षनी हजारौँ पर्यटकहरू पनि यो ठाउँमा दृश्यावलोकन गर्न आउने गर्छन्।

यो पनि हेर्नुहोस्-
जहाँ राम, कृष्ण र पाण्डवले स्नान गरे
भगवान रामले हनुमानलाई मृत्यु दण्ड दिएपछि
कथै बदलिदिने रामायण र महाभारतका १४ श्राप
यो परीक्षणबाट थाहा हुन्छ पूर्व जन्ममा तपाइँ के हुनुहुन्थ्यो