एजेन्सी । तपाईले बेहुलीलाई डोली वा गाडीमा चढाएर विदाई गरेको देख्नुभएको होला । तर, के सुँगुरमाथि चढाएर बेहुलीलाई बिदाई गरेको सुन्नुभएको, देख्नुभएको छ ?

चीनमा यस्तै भएको छ, बेहुलीलाई सुँगुरमाथि चढाएर विदाई गरिएको छ । चीनको बेइजिंगस्थित एक गाउँमा बिवाह पछि बेहुलीलाई ६ सय ३० केजी तौल भएको सुँगुरमा चढाएर विदाई गरिएको छ ।

बेहुलीले त्यो सुँगुर आफु ३ वर्षको हुँदा पालेकी थिईन । जब विवाह भयो घर परिवारले त्यही सुँगुरमा चढाएर बेहुलीलाई बेहुलाको घर पठायो ।