९ भदौ, काठमाडौं । हथौडा प्रहार गरी आफ्नै सहोदर भाइको हत्या गर्ने काठमाडौँ महानगरपालिका झोसेका ५१ वर्षीय राजु मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।

मानन्धरले बुधबार आफ्नै घरमा सुतिरहेका ४७ वर्षीय भाइ गौतम मानन्धरलाई हथौडाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको थियो । भाइको हत्या गरी राजु मानन्धर महानगरीय प्रहरी वृत्त जनसेवामा आई आत्म समर्पण गरेका थिए ।