“जीवनको मीठो साथी निन्द्रा नै हो रहेछ!”
-कुशल श्रेष्ठ

सुत्नुभन्दा अगाडि मोबाइल चलाउनु भनेको मीठो निन्द्रालाई टाढा भगाउनु हो भनेर त हामी सबैलाई थाहा भएकै कुरा हो, तै पनि धेरैजसोले यस्तो काम गरिरहेकै हुन्छन्। किनभने दिनको अन्तिम क्षणमा आफ्ना साथीहरूले दिनभरी के के गरे भनेर थाहा पाउनुभन्दा उचित अरू के नै पो हुन्छ र?

तर ‘बिजनेस इन्साइडर’ नामक एक समूहले यस्तो बानीले हाम्रो दिमाग र शरीरलाई वास्तवमै के गरिरहेको हुन्छ भनेर अनुसन्धान गरेका थिए, यति भनौँ कि आजदेखि सुत्नेबेला मोबाइललाई साथमा नराख्ने कोशिस गर्दा नै उचित होला।using smartphone before sleeping

“हाम्रो दिमागमा ‘सर्क्याडियन रिदम’ (Circadian Rhythm) भन्ने एक प्रणाली हुन्छ, जसले हाम्रो शरीरबाट हर्मोनहरू कति बेला निकाल्ने भन्ने कुराको निर्णय गर्दछ। यो प्रणालीलाई फेरि प्रकाशका किरणहरूले नियन्त्रण गरिरहेका हुन्छन्।”, युनिभर्सिटी अफ क्यालिफोर्नियाका एक मनोवैज्ञानिक ‘ड्यान सिगल’ (Dan Siegel) ले भने- “त्यसैले जब हामी सुत्ने बेला आफ्नो मोबाइल चलाउँछौँ, मोबाइलबाट निस्कने किरणहरू सिधै हाम्रो आँखामा जान्छन् र हाम्रो दिमागलाई ‘मेलाटोनिन’ (Melatonin) हर्मोन ननिकाल्नको लागि सन्देश दिन्छन्। यो हर्मोनले हामीलाई थकित बनाउने काम गर्दछ।”

“यसको मतलब हामी अझै बढी समयसम्म नसुति बस्न सक्छौँ, अनि झन् बढी मोबाइल चलाउँदै बस्न सक्छौँ। अनि जब हाम्रो दिमागलाई धेरै दबाब परिसकेको हुन्छ, तबसम्म हामीले आफ्नो केहि घण्टाको मीठो निन्द्रालाई गुमाइसकेका हुन्छौँ।”Dan Siegel

सुन्दा त खासै नराम्रो पनि छैन, तर सिगल भन्छन् कि अनुसन्धानकर्ताहरूको खोजी नै ‘मानिसलाई निन्द्रा किन महत्वपूर्ण हुन्छ’ भन्ने बारे हुन्छ। हरेक रात ७ देखि ९ घण्टासम्मको निन्द्राले हाम्रो शरीरको ‘ग्लायल कोष’ (Glial Cells) हरूलाई मद्दत गरिरहेका हुन्छन्, जसले दिनभरीमा हाम्रो दिमागमा जम्मा भएका ‘न्युरोटक्सिन्स’लाई सफा गर्ने काम गर्दछ। र ‘टक्सिन्स’ (Toxins) भन्ने बित्तिकै राम्रो कुरा त पक्कै पनि भएन। जब हामीलाई पर्याप्त निन्द्रा पुग्दैन, ती कोषहरूले राम्रोसँग काम गर्न सक्दैनन्, त्यसैले नै हामीलाई कुराहरू बिर्सने समस्याले सताउँदछ, स्मरण शक्ति कमजोर हुन्छ।

शरीर स्वस्थ रहेको पो दिमाग पनि स्वस्थ हुन्छ! त्यसैले राति नसुती दिनभरी आलस्य हुनु भन्दा राति चाँडै सुतेर मीठो निन्द्रा लिनु नै बेश।

यो पनि हेर्नुहोस्-

निन्द्रा राम्रो लाग्दैन भने यस्तो खाना खानुस..

शरीरलाई फिट र स्वस्थ राख्ने ४ अचुक शुत्र