२० मंसिर, काठमाडौं । सुनको भाउ यो बर्षकै सस्तो भएको छ । मंसिर लागेदेखि नै निरन्तर गिरावट देखिएको सुनको भाउ आज यो बर्षकै सबैभन्दा सस्तोमा कारोबार भइरहेको हो ।

gold-sun

हिजो ५४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर ५३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बर्ष चैत महिनामा सुनको भाउ न्यूनतम ५३ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

अन्ततः देश १० वा १४ प्रदेशमा पुग्छ- कानूनमन्त्री नायक

त्यसयता ५४ हजारबाट नघटेको सुनको भाउ आज ओर्लिएको हो । विवाहको मध्य सिजनमा भाउ घटेपछि उपभोक्तालाई भने राहत भएको छ । चाँदी भने हिजोकै अनुसार तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।