१ भदौ, काठमाडौं ।

केही दिन यता वृद्धी हुन थालेको सुनको मूल्यमा मंगलबार पनि वृद्धी भएको छ । मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धी भएको सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।

तिज नजिकिँदै जाँदा नेपाली बजारमा सुनको मुल्य उकालो लाग्न थालेको छ । चाँदीको मूल्य भने मंगलबार स्थिर रहँदै तोलाको ७ सयमा किनबेच भैरहेको महासंघले जनाएको छ ।