हरारे, ४ फागुन ः जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । 

दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० देखि ७० जना कामदारहरु रहेकाले उनीहरु अधिकांशको मृत्यु भएको आशका गरिएको अधिकारीहरुले बताएका छन् । 

स्थानीय सरकारका सार्वजनिक सेवा सम्वन्धी मन्त्री जुली मोयोले अवैध रुपमा संचालनमा रहेका सुनखानीका कामदारहरु पुरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार देशको पश्चिमी प्रान्त मशोनाल्याण्डमा सो घटना भएको हो । उनीहरुलाई जिवितै उद्धार गर्न सकिने सम्भावना न्युन रहेको उहाँले बताउनुभयो । अत्यधिक बर्षा भएकाले उद्धार कार्यमा कठिनाई भएको उहाँको भनाई छ । दुवै पानीको खाल्डोबाट पानी बाहिर निकालिएको स्थानीय अधिकारीहरुले बताएका छन् । उद्धार कार्यमा खटिएकाहरुले आईतबार शव निकालिने अपेक्षा गरेका छन् । 

जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङग्वाले प्रकोपको घोषणा गर्दै घटनामा पिडितहरुप्रति सहानुभूति व्यक्त गर्नु भएको छ । 
––––
(रासस÷सिन्ह्वा)