५ जेठ, काठमाडौं ।
रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नै नेकपा माओवादी केन्द्र विजयी भएको छ । सुनपाति गाउँपालिकाको अध्यक्षमा धावा लामाले ४७३६ र उपाध्यक्षमा गिता विष्टले ४८२२ मत ल्याएर विजयी भएका हुन् । सुनापति गाउँपालिकाको अध्यक्ष निर्वाचित लामा रामेछापका जिल्ला इन्चार्ज एवं माओवादीका पोलिटब्यूरो सदस्य समेत हुन् ।

त्यसैगरी निकटतम प्रतिद्धन्द्धी कांग्रेसको जितेन्द्र मोक्तानले ३९६६ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकी विनिता खडकाले ३७३३ मत प्राप्त गरिन । सुनपाति गाउँपालिकामा एमाले अध्यक्ष प्रदिप योञ्जनले १२०१ र उपाध्यक्षका उम्मेदवार पासाङ डोल्मा लामाले ११९९ मत प्राप्त गरिने । त्यसैगरी राप्रपाबाट अध्यक्षको उम्मेदवार रहेकी सुचित्रा घिमिरे खत्रीले ९३ मत प्राप्त गरिने ।

सुनापति गाउँपालिकाको पाँच वटै वडामा माओवादी केन्द्र प्यानल सहित विजयी भएको छ । सुनापति गाउँपालिका–१ गुन्सीमा चण्डेश्वर चौलागाई, वडा नम्बर २ दिमीपोखरीमा कमल केसी, वडा नम्बर ३ हिलेदेवीमा बाबुराम तामाङ वडा नम्बर ४ बेथानमा माओवादीबाटै स्वतन्त्र उम्मेदवार खड्क घिसिङ र वडा नम्बर ५ खनियापानीबाट ठूलोकान्छा तामाङ विजयी भएका छन् ।