१३ मंसिर, काठमाडौं ।

काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसमा गोली चलेको छ । हतियारधारी युवक गेष्टहाउसमा रहेको सूचनापछि प्रहरीले छापा मार्दा गोली चलेको हो ।

प्रहरीले दुई युवकलाई गोली हानेर हतियार सहित नियन्त्रणमा लिएको छ । लुम्बिनी पाहुना घरमा घटना भएको हो ।
प्रहरीको टोलीले टोलीले सुन्धारामा छोटेलालल ठाकुर र राजकुमार पटेललाई कटुवा चाइनिज पेस्तोल बोकेको अवस्थामा गोली प्रहार गरेको जानकारी दिएको छ ।

युवकसँगबाट चिनियाँ पेस्तोल बरामद भएको महानगरीय अपराध महासाखाले जनाएको छ ।