२७ पुस, काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सुन तस्करी नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई आवश्यक पर्ने साधन–प्रविधि उपलब्ध गराउन सरकार जुनसुकै बेला तयार रहेको बताएका छन ।

सिंहदरबारमा बुधबार बसेको व्यबस्थापिका संसद अन्तरगतको अर्थसमिति बैठकमा मन्त्री निधिले तस्करको मुख्य योजनाकार जोसुकै भए पनि बाहिर ल्याउनुपर्ने र त्यसका लागि परम्परागत नभई वैज्ञानिक छानबिन आवश्यक रहेको बताए । उनले छानविनका लागी सिआइबी नै सक्षम रहेको भन्दै नयाँ समिति आवश्यक नपर्ने तर्क गरे ।

फाइल तस्बिर

फाइल तस्बिर

गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलोग्राम सुन बरामद भएपछि नेपालमा सुन तस्करको रहस्य झन् खुलेको हो । यस विषयमा अर्थसमितिले चासो समेत देखाएको छ ।

यसअघि मंगरबार बसेको अर्थ समितिको बैठकमा पनि नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सुन पक्राउ गरेपछि प्रहरीलाई नै अनुसन्धान गर्न दिनुपर्ने र त्यसका लागि प्रहरी सक्षम रहेको बताएका थिए ।