१२ भदौ, एजेन्सी।

पोल्याण्डमा सुनले भरिएको एक रेल भेटिएको छ। नाजी जर्मनीको उक्त रेल करिब ७० वर्ष पहिले पोल्याण्डमा नै हराएको भनिदै आएको थियो।

जमिन मुनी हेर्न मिल्ने राडार प्रविधिको मद्धतले उक्त सुन भरिएको रेल पत्ता लगाइएको पोल्याण्डका संस्कृति मन्त्रिले बताइको टेलिग्राफले जनाएको छ। रेल करिब ४ किलोमिटर लामो रहेको विश्वास गरिएको छ। रेल भित्र के छ पक्का नभएपनि सुन, गहना अनि कागजपत्र हुने सम्भावना रहेको बताइन्छ।Nazi_gold_mine_sha

यसैबिच पोल्याण्डका संस्कृति मन्त्रिले भने भेटिएको जे भेटिन्छ सम्बन्धित मालिकलाइ नै फर्काइदिने घोषणा गरेका छन्।

सन् १९४५ मा जब सोभियत संघका सेना सहरको अघि बढ्दै थिए तब यो रेल हराएको बताइदै आएको छ। मरणासन्य एक व्यक्तिले यो रेलको बारेमा बताएपछि रेल हराइको जानकारी बाहिर आएको थियो। उक्त व्यक्तिले सो रेल गायव गर्न सामेल भएको बताएको जनाइन्छ।Nazi_gold_train

हालसालै २ व्यक्तिले वकिल राखेर प्रशासनलाई यो रेलको बारेमा जानकारी दिएका थिए अनि रेलमा जे सामान छ १० प्रतिशत आफुहरुले पाउनु गर्ने माग गरेका थिए।