एजेन्सी।
अमिषा पटेल ती हिरोइनहरु मध्येकी एक हुन जसले करिअरको सुरुवात हिट फिल्मबाट गरेकी थिइन। अहिले अमिषा आफ्नो ४१ औँ जन्मदिन मनाउँदै छिन्। गुजराती परिवारमा जन्मेकी अमिषाले सन् २००० मा फिल्म ‘कहो ना प्या है’ बाट बलिउडमा कदम राखेकी थिइन। यो फिल्म पश्चात सन् २००१ मा उनको अर्को फिल्म ‘गदर’ले पनि धमाका मच्चाएको थियो।

सनी देवलसंग अमिषाले उत्कृष्ट काम गरेकी थिइन। फिल्म सुपरहिट भएको थियो। यो फिल्मको लागि अमिषालाई उत्कृष्ट नायिकाको फिल्मफेयर अवार्डको लागि नोमिनेट गरिएको थियो। सन् २००२ मा उनले बबी देवलसंग फिल्म ‘हमराज’मा काम गरिन। यो फिल्म पनि सुपटरहिट भयो। लगातार तीन हिट फिल्म दिएकी अमिषाको करिअर आखिर कसरी बिग्रियो ?

अब अमिषालाई फिल्महरुमा कमै देखिन्छ। बलिउडमा फेरि फिर्ता हुन उनले हरकोसिस गर्दैछिन्। तर उनलाई कुनै प्ल्याटफर्म मिलेको छैन। निर्देशक पनि उनलाई सेकेन्ड लीड वा साइड रोलको लागि मात्र साइन गर्छन्।

अमिषाले सन् २००५ मा आमिर खानसंग फिल्म ‘मगंल पान्डे’मा काम गरेकी थिइन। फिल्मले बक्स अफिसमा कुनै खास कमाल गर्न सकेन। तर उनको करिअरको लागि भने यो राम्रो सुरुवात थियो। सन् २००७ मा अमिषाले ‘हनीमुन ट्राभल्स प्राइभेट लिमिटेड’मा राम्रो भूमिका निभाइन। फिल्म हिट भयो। यसपश्चात अमिषाले भूलभूलैया र रेस-२ जस्ता फिल्ममा काम गरिन।

तर साइड रोलको कारण अमिषाले खास चर्चा पाइनन्। जब हिन्दी फिल्ममा काम पाउन कम भयो उनी तेलुगु र तमिल फिल्ममा काम गर्न थालिन। तर सफलता त्यहाँ पनि मिलेन। अब अमिषाले आफ्नै प्रोडक्सन कम्पनी खोलेकीछिन्। यो प्रोडक्सन हाउसले ‘देशी म्याजिक’ नामको फिल्म बनाएको छ जुन अहिलेसम्म रिलिज हुन पाएको छैन।

आमाबाबुसंग पनि अमिषाको राम्रो सम्बन्ध छैन। उनीहरु बीच सम्पतिलाई लिएर लामो समय देखि विवाद चल्दै छ। अमिषाले आफ्नो पिताको विरुद्ध १२ करोड भारु हडपेको आरोप लगाएकी थिइन। अमिषाको अनुसार उनका पिता उनको पैसा गलत प्रयोग गर्दैछन्। अमिषाले एक पटक मिडियामा उनकी आमाले आफुलाई चप्पलले पिटेर घरबाट निकालेको बताएकी थिइन्।

अमिषा अहिले ठूला-ठूला पार्टीहरुमा भेटिनेगर्छिन्। स्टारहरुसंग फोटो खिचेर सामाजिक सञ्जालमा सेयर गर्छन्। कयौं पटक उनलाई पार्टीहरुमा रक्सीको मातमा देखिएको तस्विर भारतीय मिडियामा प्रकाशित हुने गरेका छन्। अमिषाले आफ्नो करिअरमा कुल ३४ फिल्ममा अभिनय गरेकी छिन्।