६ माघ, पोखरा । पन्ध्रौं आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको आज सम्पन्न खेलमा एएनए युएसएलाई ४–१ गोअन्तरले हराउँदै रमपम झापा ११ क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

झापाको जितमा कर्ण सुब्बाले ह्याट्रिक गरेका थिए । उनले २४ औँ, ३० औँ र ९० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । त्यस्तै ७४ औँ मिनेटमा बुद्ध चेम्जोङले एक गोल गरेका थिए ।

pokhara-rangashala-football

एएनए युएसएका तर्फबाट शिशिर विश्वकर्माले खेलको ८५ औँ मिनेटमा एक गोल गरेका थिए ।

क्वाटर फाइनलमा पुगेको झापाले यही माघ १० गते त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।