१० साउन, काठमाडौं ।
प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सेना नेपालको विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालीरहेको बताएका छन् । उनले कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्नु नेपाली सेनाको दायित्व रहेको बताएका हुन् ।

नेपाली सेना नेपालको संविधान अनुरुप आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सदा कटिबद्ध रहेको बताउदै प्रधानसेनापति क्षेत्रीले सेनाले विपद् व्यवस्थापन, पर्यावरण सुरक्षा, राष्ट्रिय विकासको क्षेत्र तथा अन्तर्राष्ट्रिय शान्ति स्थिरताको क्षेत्रमा छुट्टै पहिचानका साथ दृढतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको बताएका छन् ।

विकासका पूर्वाधारका रुपमा विभिन्न निकाय एवं स्थानीय विकासका योजना, कार्यक्रम तथा संस्कृतिको प्रवद्र्धन गर्न मद्धत पुग्ने विश्वास उनले गरेका छन् । सोमवार कृषिमा व्यावसायिकरणको जागरण अभियानमा कार्यरत अष्ट “ज” अभियान नामक संस्थाले आयोजना गरेको गमला हस्तान्तरण कार्यक्रममा प्रधानसेपछि क्षेत्रीले यस्तो धारणा व्यक्त गरेका हुन् ।