सुर्यको ‘सोलार फ्लेयर’को कारणले उत्पन्न हुने विद्युत चुम्बकीय पल्सको कारण अहिलेको आधुनिक सभ्यता समाप्त हुनेसक्ने बताइएको छ। विश्वभरका विद्युतीय ग्रीड, मोबाइल, इन्टरनेट समेत पुरै प्रभावित हुने खतरा बढेको भन्दै अमेरिकाले यसबारेमा तयारी सुरु गरेको डेली मेलले जनाएको छ

सन १८५९ सौर्य बतासले उत्पन्न गरेको विद्युत चुम्बकीय पल्सको कारण टेलिग्राफका लाइनहरु पड्किएका थिए, टेलिग्राफ कार्यलयहरुमा आगजनी भएको थियो अनि युरोप र उत्तरी अमेरिका विद्युतिय शक्ति विहिन बनेको थियो। सो घटनालाइ ‘क्यारिङटन इभेन्ट’ को नाम दिइएको थियो।

Solar Flare (2)

सोलार फ्लेयर

सन् १८५९ अहिलेको झै अत्याधुनिक युग थिएन। अनुसन्धानकर्ताहरुले अहिलेको स्थिति झनै भयावह हुने गरि विद्युतीय संकट पर्ने र विद्युतसंग सम्बन्धित सबै क्षेत्र पूर्णतया प्रभावित हुने बताएका छन्।

यस्तै एक ठुलो सौर्य बतास सन् २०१२ मा पृथ्वीको कक्षको नजिकै बाट गुज्रेको थियो। वैज्ञानिकहरुको अनुसार सन् २०२२ मा यस्तै एक बतासको असर पृथ्वीमा आइपुग्ने सम्भावना १२ प्रतिशत रहेको बताएका छन्।

गिजमोडो नामक पत्रिकालाई अन्तरिक्ष मौसम सल्लाहकार जोन कापेनम्यानले भने, ‘यो देशले भोग्ने सबैभन्दा ठुलो प्राकृतिक प्रकोप हुन सक्छ। विश्वको ठुलो हिस्सालाई यसले असर गर्न सक्छ।’

वासिङ्टन पोस्टका सहायक निर्देशकले भने, ‘यो अहिलेको वास्तविक खतरा हो।’

अमेरिकाले यो खतराबाट हुने असर न्युनिकरण गर्न भविष्यवाणी गर्न सक्ने प्रविधिमा सुधार ल्याउन प्रयत्न सुरु गरेको बताइन्छ। अहिलेको प्रविधि अनुसार अन्तरिक्षको यस्तो ठुला घटना १५ देखि ६० मिनेट पहिला मात्र ठ्याक्कै थाहा पाउन सकिन्छ। यस्ता घटनाबारे तीब्र जानकारी अनि सहि आकंलन गर्न केही नयाँ स्याटेलाइटहरु अन्तरिक्षमा पठाउनु पर्ने हुन्छ।

सन् २०१५ फेब्रुअरी ११ मा अन्तरिक्ष र विशेष गरि सुर्य घट्ने घटनाका बारेमा थाहा पाउन स्पेस एक्स र फालकन ९ को संयुक्त प्रयासमा केप कानाभेलर बाट एक स्याटेलाइट लञ्च गरिएको थियो। पढ्नुहोस् यो स्याटेलाइटले के गरिरहेको छ।

सौर्य बतासले असर गर्न सक्ने स्याटेलाइटहरु परिवर्तन गर्न अमेरिकी सरकार लागिपरेको पनि बताइएको छ।

यस्ता सौर्य बतासले करेन्ट उत्पन्न गराइ विद्यतीय गृह नै बन्द गराउन सक्छ। विश्वनै पुरै प्रविधिमा बाँचेको यस्तो समयमा सौर्य बतासले ठुलो क्षति पुर्याउसक्छ। मानिसको स्वास्थ्यमा पनि यसले असर गर्ने सक्ने बताइएको छ। विशेष गरि रक्तचापमा अनियमितता तथा रक्तनलीमा यसले प्रभाव पार्न सक्छ।

सोलार फ्लेयर के हो?

आगोको लप्का जस्तै सुर्यबाट निस्कने यस्तो लप्का सामान्य घटना हो। यस्तो लप्का १६०,०००,०००,००० मेगाटन टिएनटि बम भन्दा शक्तिशाली हुन्छ। यस्तो लप्काले इलेक्ट्रोनको बादल, आयोन र परमाणुहरु अन्तरिक्षमा फैलाउनेगर्दछ। यस्ता इलेक्ट्रोनको बादल सुर्यबाट निस्केको एक वा दुई दिन पछि पृथ्वीसम्म आइपुग्छन्। सोलार फ्लेयरले उत्पन्न गर्ने एक्स-रे र अल्ट्राभ्वाइलेट विकिरणले पृथ्वीको ‘आयोनोस्फेयर’ लाई असर पु्र्याउँछ र लामो दुरीका रेडियो तरङ्लाई प्रभावित पार्छ।

'अरोरा बोरियालिस' लाई नर्दन लाइट (उत्तरी प्रकाश)को नामले पनि चिनिन्छ। नर्वेको यो तस्बिरमा झै, सौर्य बतासबाट निस्केका विद्युतीय चार्ज भएका परमाणुहरु पृथ्वीको वायुमण्डलमा ठोक्किदाँ यस्तो प्रकाश देखिने गर्छ। विशेष गरि पृथ्वीको उत्तरी ध्रुवका देशहरुमा यस्तो देखिने गरेको छ। सन् १८५९ को घटना भन्दा निकै न्युन मात्रामा यस्ता विद्युती परमाणुहरु पृथ्वीमा आइरहेकै हुन्छन्।

‘अरोरा बोरियालिस’ लाई नर्दन लाइट (उत्तरी प्रकाश)को नामले पनि चिनिन्छ। नर्वेको यो तस्बिरमा झै, सौर्य बतासबाट निस्केका विद्युतीय चार्ज भएका परमाणुहरु पृथ्वीको वायुमण्डलमा ठोक्किदाँ यस्तो प्रकाश देखिने गर्छ। विशेष गरि पृथ्वीको उत्तरी ध्रुवका देशहरुमा यस्तो देखिने गरेको छ। सन् १८५९ को घटना भन्दा निकै न्युन मात्रामा यस्ता विद्युती परमाणुहरु पृथ्वीमा आइरहेकै हुन्छन्।

अरोरा बोरियालिसको बारेमा तस्बिरसहित थप पढ्नुहोस्, कसरी देखिन्छ आकाशमै यस्तो रंगीचंगी प्रकाश?

सुर्यमाबाट निस्कने यस्तो फ्लेयर दिनमा केही पटक सम्म हुने गर्छ। साना साना यस्ता घटना सामान्य हुन्छ तर ठुला लप्का भने सुर्य अशान्त भएको समयमा बढी निस्कने गर्छ। सुर्य शान्त हुने वा अशान्त रहने सौर्य चक्रमा भर पर्छ। सौर्य चक्र ११ वर्षको हुन्छ। (पृथ्वीको १ वर्षिय चक्र जस्तै, १ वर्षमा फेरी पहिलेको वर्ष झै मौसम दोहोरिने गर्छ।)

Solar Flare (1)

सन १०१२ जुलाई २३ मा सुर्यमा यस्तै ठुलो घटना भएको थियो। त्यहाँ बाट निस्केको विद्युत चुम्बकिए तरंग पृथ्वीको नजिकै बाट गुज्रेको थियो। ११ वर्ष चक्रलाई आधार मान्दा सन् २०२२ सम्म यस्तै घटना फेरी घट्नसक्ने १२ प्रतिशत सम्भावना रहेको नाशाले बताएको हो।

यो पनि पढ्नुस्।

सूर्य सतहमा हुने शक्तिशाली घटनाः कोरोनल लुप -तस्बिर सहित

घामको बारेमा रोचक तथ्य