९ वैशाख, एजेन्सी।

सूर्यमा रहेको एक ठूलो ‘कोरोनल होल’ ठिक पृथ्वीको दिशामा पर्ने र त्यसबाट उत्पन्न सौर्य बतास अप्रिल २३ र २४ मा पृथ्वीमा आइपुग्ने भएको छ। जसले पृथ्वीमा ठूलो भू-चुम्बकिय आँधी निम्त्याउने छ। यो आँधीको कारण पृथ्वीमा ‘नर्दन लाइट्स’ देख्न सकिनेछ।

नासाले सार्वजनिक गरेको तस्विर: यसमा देखिएको कालो क्षेत्र कोरोनल होल हो। जहाँ सूर्यको चुम्बकिय क्षेत्र खुल्ला हु्न्छ र त्यहाँबाट चार्ज्ड पार्टिकलको बतास पृथ्वी तर्फ आउँछ। यसरी चार्ज्ड पार्टिकल अन्य समयमा पनि आइरहेको हुन्छ। जसलाई पृथ्वीको चुम्बकिय क्षेत्रले डिफ्लेक्ट गरिरहको हुन्छ। तर यसपटक शक्तिशाली सौर्य बतास आउने भएकाले बढी मात्रामा चार्ज्ड पार्टिकल पृथ्वीको वायुमण्डलमा प्रवेस गर्नेछ। जसको कारण पृथ्वीको केही हिस्सामा आकासमा रंगीचंगी प्रकास देखिनेछ, जसलाई ‘नर्दन लाइट्स’को नामले पनि चिनिन्छ। यो बतास अझै शक्तिशाली भए यसले स्याटेलाइट देखि पृथ्वीको सतहमा रहेका विद्युतीय पावर ग्रिडमा क्षती पुर्याउन सक्छ।

तथापि, अप्रिल २३ र २४ मा उच्च हुने बताइएको यस्तो आँधीले ‘ब्याल्कआउट’ को सम्भावना समेत रहेको बताइन्छ। सौर्य बतासको कारण पृथ्वीमा उत्पन्न हुने भू-चुम्बकिय आँधीले विद्युतिय पावर ग्रीड र स्टाटेलाइटमा क्षती पुर्याउन सक्छ।

नासाको सोलार डाइनामिक्स अब्जरभेटरीले अप्रिल २१ मा सूर्यको सतहमा एक ठूलो कोरोनल होलको तस्विर सार्वजनिक गरेको थियो।

कोरोनल होल सूर्यको सतहको एक यस्तो क्षेत्र हो जसमा सूर्यको चुम्बकिय क्षेत्र खुलेको हुन्छ र त्यहाँबाट सौर्य बतास बाहिर निस्कन्छ।

सूर्यको चुम्बकिय क्षेत्र हरेक ११ वर्षमाको समय अवधिमा परिवर्तन भइरहन्छ। सूर्यको दक्षिणी ध्रुव विस्तारै उत्तरी ध्रुव र उत्तरी ध्रुव दक्षिणी ध्रुव ११ वर्षको अवधिमा परिवर्तन हुनेगर्छ। यसरी चुम्बकिय क्षेत्र परिवर्तन हुने क्रममा सू्र्यको सतहमा निकै फेरबदल आइरहेको हुन्छ जसले यस्ता ठूला कोरोनल होलहरु निर्माण हुन जान्छ।

सूर्यबाट आएको सौर्य बतासको स्केच

अप्रिल २३ र अप्रिल २४ मा पृथ्वीमा सौर्य बतासको कारण चुम्बकिय आँधी आउनसक्ने ७५ प्रतिशत सम्भावना रहेको नासाले बताएको छ।

सौर्य बतास आउँदा चार्ज्ड पार्टिकलको अधिकांस हिस्सा पृथ्वीको चुम्बकिय क्षेत्रले पृथ्वीमा छिर्न दिदैन, डिफ्लेक्ट गर्छ। तर डिफ्लेक्ट नभएका चार्ज्ड पार्टिकल पृथ्वीको वायुमण्डमा प्रवेश गरि ग्याँसका पार्टिकलसंग ठोक्किन पुग्छन् अनि यसक्रममा मुख्यत पृथ्वीको उत्तर र दक्षिणी ध्रुवमा आकाशमा रंगीचगी प्रकास देखिन्छ। जसलाई ‘अरोरा’ वा ‘नर्दन लाइट’को नामले चिनिन्छ।

‘नर्दन लाइट’ अरु समयमा पनि देखिने गर्छ। तर यसपटक सौर्य बतास शक्तिशाली भएका कारण दक्षिणी नर्वे, स्वीडेन, इस्टोनिया, लटाभिया, रसिया लगायत बेलायत अनि अमेरिकाका केही क्षेत्रमा देखिने नासाले बताएको छ। यहि समयमा अमेरिकाको ओरेगन देखि साउथ क्यारोलिनाको ११३ किलोमिटर लामो भू-भागमा चार दशकपछि खग्रास सूर्य ग्रहण पनि देखिदैछ।

यो पढ्नुस्।

२४ घण्टाभित्र सूर्यको सतहमा शक्तिशाली ३ सोलार फ्लेयर, नासाले तस्बिर सार्वजनिक गर्यो