एजेन्सी।

बलिउडका किङ्ग खान ‘शाहरुख’ गत मङ्गलबार (मार्च ८) सलमान खान अभिनीत फिल्म ‘सुल्तान’को सुटिङ सेटमा देखा परे। शाहरुखलाई एक्कासी त्यहाँ देखेपछि सलमान पनि दङ्ग परेका थिए। यस जम्काभेटमा दुवै स्टारको सामिप्यता देखिएको एक रिपोर्टले जनाएको छ।

शाहरुखसँगको बातचितमा सलमानले उनको चलचित्र ‘फ्यान’ ट्रेलरको पनि खुलेरै तारिफ गरे। साथै फिल्मका केहि दृश्य पनि री-क्रिएट गरेर देखाए।Sahrukh Khan and Salman Khan on the Set of Sultan

केहि दिन अगाडि प्राप्त भएको एक जानकारीबाट सलमानको ‘सुल्तान’ र शाहरुखको ‘रईस’ एकैदिनमा रिलिज हुने कुरा खुलासा भएको थियो। रिल लाईफमा यी दुई स्टारको जति भिडन्त भएपनि रियल लाईफमा भने त्यसले कुनै असर नगरेको उक्त भेटबाट सुइँको लिन सकिन्छ।

हाल सलमान आफ्नो चलचित्र ‘सुल्तान’को सुटिङ्ग गोरेगाउँ स्थित फिल्मसिटीमा गरिरहेका छन्। उनी त्यहाँ अनुष्का शर्माका साथ एक गानाको सुटिङ्ग गरिरहेका छन्, जसलाई फराह खानले नृत्यनिर्देशन गरिरहेकी छिन्।

यो पनि हेर्नुहोस्-
नारी दिवसमा शाहरुखको मनै छुने सन्देश
‘गौरव जस्तै फ्यान भेटेँ भने कुट्छु!’- शाहरुख खान
पार्टी नै आयोजना गर्ने भनिएका सलमान भेट्नसम्म गएनन् संजयलाई
सलमानलाई विवाहको लागि अल्टिमेटम