काठमाडौं ।

प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमा झपारेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर गुजरात समस्या तत्काल हल नगरे नेपालले हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।

सुशीललाई मोदीको फोन र बामदेवलाई राजदुतको खप्कीः के गर्न खोज्दैछ भारत ?

प्रधानमन्त्री कोइरालाले भारतले तत्काल तदारुकतासाथ समस्या पहिचान र समाधान तिर नलागे नेपालले हस्तक्षेपकारी भुमिका खेल्न सक्ने तर्फ पनि मोदीलाई सचेत गराएको प्रधानमन्त्रीको कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।

Koirala Modi Vet

श्रोतका अनुसार एक फुच्चे २२ वर्षको केटाले राज्यमा हंगामा गर्दा समेत समस्या समाधान गर्न नसक्ने तर आफूलाई कैलाली घटनामा उपदेश दिने भन्दै कोइरालाले मोदीलाई फोनमा झपारेका थिए । नेपालमा हजारौंको संख्यामा रहेका हतियारधारी आन्दोलनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेको घटना समेत सरकारले सहजै साम्य पारेको उदाहरण दिँदै कोइरालाले मोदीलाई नेपालबाट पाठ सिक्न सम्झाएका थिए ।

२२ वर्षका युवकले हल्लाइदिए मोदीको राज्य, को हुन् यी युवक (फोटो फिचर)

फोन वार्तामा कोइरालाले मोदिलाई आफ्नो अनुभब सुनाउँदै अलि कडा मिजासको भाषामा समस्या समाधान गर्न उत्प्रेरित गरेको बताइन्छ । जवाफमा मोदीले नेपाल सरकारको सदभाव रहिरहे गुजरात हल गरेर भारतलाई प्रगतिको बाट तरि लैजाने विश्वास व्यक्त गरेको समेत बताइएको छ । भारतीय सरकारले गुजरात समस्या हल गर्न नसेको खण्डमा तयार रहन प्रधानमन्त्री कोइरालाले नेपाली सेनालाई आदेस दिइसकेका छन् भने नेपालका गुप्तचार संस्था पहिल्यै सक्रिय छन् ।

नेपालमा तनाव हुँदा भारतीय मिडियाका हेडलाइनः ‘मोदीले कोइरालालाई झपारे’

यसैबीच भारतीय सञ्चारमाध्यमहरुले पनि कोइराला मोदी फोन बार्तालाई प्रमुखताका साथ स्थान दिएका छन् । कोइरालाको भनाइलाई केही भारतीय राजनीतिक दलहरुले भने आपत्ति समेत जनाएका छन् । उनीले नेपालले भारतको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने खोजेको भन्दै नयाँ दिल्ली स्थित नेपाली दुतावासमा ज्ञापनपत्र बुझाएका छन् । नेपाली प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई गरेको फोन र त्यसमा प्रयोग गरिएको हस्तक्षेपकारी भाषा भारतको सार्वभौमिकतामाथिको आक्रमण रहेको भन्दै त्यस्तो कुरा अस्वीकार्य हुने भारतका विभिन्न नेताहरुले विज्ञप्ति प्रकाशित गरेर बताएका छन् ।

गुजरातमा आरक्षणको माग गर्दे एक समुदाय आन्दोलनमा उत्रेपछि कयौको ज्यान गएको छ भने पुरै राज्यमा हिंसाको अस्तव्यस्त बनेको छ। हाल भारतको प्रधानमन्त्री रहेका मोदीले गुजरातमा ३ कार्यकाल मुख्य मन्त्री चलाएका थिए । त्यही अनुभवकै आधारमा मोदीले कोशिस गरे समस्या हल हुने कोइरालाले फोनमा मोदीलाई सुझाव दिएका हुन् ।

नेपालले केही समय यता भारत सहितका दक्षिण एसियाली मुलुकहरुलाई निकै नजिकबाट निहालीरहेकोको छ । नजिकको छिमेकी भारतमा हुने जुनसुकै आन्दोलनले नेपाललाई असर पार्न सक्ने भन्दै नेपाल सरकारले एक विशेष दुत भारत पठाइसकेको छ । भारतको आक्रामक कुटनीतिक कदमका कारण पहिले भारतमा हस्तक्षेप गर्दै आएका भनिएका विभिन्न समूह भने तनावमा रहेको परराष्ट्रविदहरु बताउँछन् ।

कतिपयले मोदी सत्तामा आएपछि नेपालमा हिन्दु राष्ट्र फर्काउने योजना पुरा हुन नसकेको र मोदीले भूकम्पको समयमा समेत नेपालमा बदनामी कमाएको भन्दै उनका आलोचकहरुले पछिल्लो समयमा भारतमा चर्चा गरिरहेका छन् । मोदीले देखाएको आक्रामक ब्यवहार घातक सिद्ध भएको समेत उनीहरुको ठम्याइ छ ।

मोदी भाषणका डरलाग्दा संकेत

सम्पादकीय नोटः
पाठकवृन्द यदि तपाइँले माथिको प्रसँग पढेर वास्तविक ठान्नु भयो भने हामी क्षमा चाहन्छौं । खासमा हामीले गाइजात्राको उपलक्ष्यमा यो सामग्री प्रकाशित गरेका हौं । कैलाली घटनापछी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री सुशील कोइराललाई गरेको भनिएको फोनको विवाद संसदसँग पुगेको र यो विषयमा नेपालको कुटनीतिक हैसियत निरिह देखिएको सन्दर्भमा यो काल्पनिक समाग्री प्रकाशित गरिएको हो । नेपालले कुटनीतिक मामलामा आफ्नो हैसियत कायम गर्न सकोस् भन्ने यो ब्यङ्ग्यात्मक सामग्रीको सदभाव मात्र रहेको प्रिय पाठकहरुलाई जानकारी गराइन्छ ।