१ भदौ, नवलपरासी ।

भारतले निर्माण गरेको पश्चिम गण्डक नहरका कारण नेपाली बस्ती डुवानमा परेपछि नवलपरासीको सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काइदिएका छन । स्थानीय प्रशासनले स्थानयबासीलाई सम्झाउने प्रयास जारी राखेकोले नहरमा पानी भने खस्न दिएको छैन ।

हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो । नहरको बाँधका कारण डुबानमा परेको भन्दै स्थानीयले फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन । उनीहरुले भाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनु पर्ने बताएका छन ।

झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८ र १० मिटर बाँध भत्काइसकेका छन ।

हेर्नुस भिडियोः

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयबासीले गैटी, बेल्चा र सावेल लिएर बाँध भत्काए पनि भारतीय पक्षसँग कुरा गर्ने भनेर खेतको पानी नहरमा हाल्न रोकेको बताएका छन् ।

नारायणी नदीको पानी गण्डक जलविद्युत आयोजनाका लागि नहरमा ल्याइएको छ । विद्युत उत्पादनपछि यो पानीलाई भारतले सिंचाईका लागि लैजाने गर्दछ ।