बुधबार सूर्यग्रहण लागेको छ । नेपालमा सरकारले सूर्यग्रहणको सार्वजनिक विदा नै दिएको छ । नेपाल सहित विश्वका विभिन्न देशबाट सूर्यग्रहण देखिएको छ ।

बुधबार दिनभर सूर्यग्रहण जारी रहने खगोलशास्त्रीहरुले जनाएका छन् ।

rasi grahan

सूर्यग्रहण कुन राशिलाई शुभ कुनलाई अशुभः

१. मेष: प्रतिष्ठा जोगाउनका लागि खर्च गर्नु पर्ला, तपाइँको उदारताको फाइदा अरुले उठाउन सक्छन् । आर्थिक कारण दौडधुप हुन सक्छ । मौषमी रोग सताउन सक्छ ।

२. वृष: सूर्यग्रहण शुभ छ । आर्थिक विषमता दुर हुन सक्छ ।

३. मिथुन: सम्बन्ध सुधारको योग छ । विद्यार्थीका लागि परीक्षामा सफलता मिल्न सक्छ । बयस्कहरुका लागि मानसिक तनाव बढ्न सक्छ ।

४. कर्कट: पारिवारिक झमेला बढ्न सक्छ । आकस्मिक धन हानीको योग छ । व्यापारि तथा प्रोफेशनहरुका लागि अशुभ हुन सक्छ ।

५. सिंह: अनावश्यक भाग दौड हुन सक्छ । बाँकि रहेका काम सम्पन्न हुने योग छ । भावनालाई सम्हाल्नुस् ।

६. कन्या: समस्या समाधान हुने योग छ । दिउसोका मिटिङहरु सफल हुन सक्छन् । आफू भन्दा माथिकासँग विवाद हुन सक्छ ।

७. तुला: बहूमुल्य चिज प्राप्त गर्ने योजना सफल हुने योग छ । मनोरञ्जनका साधन वृद्धि हुनेछ । सवारी चढ्दा भने सावधान रहनुस् चोट लाग्ने योग छ ।

८. वृश्चिक: नातागोताबाट लाभ मिल्न सक्छ । सामाजिक समारोहमा सहभागी हुने समय छ । नयाँ सम्बन्धको अवसर जुट्न सक्छ ।

९. धनु: ब्यवसायिक कुरामा असफलता मिल्ने छ । निजी सम्बन्धमा भने प्रगति हुने योग छ । दिउसो पछि रोकिएका काम बन्न सक्छन् ।

१०. मकर: व्यवसायिक सफलताको योग छ । साहित्यमा रुची जाग्न सक्छ । धार्मिक कार्यक्रममा जानु राम्रो ।

११. कुम्भ: स्वास्थ्य प्रभावित हुन सक्छ । चिकित्सकसँग परापर्श लिनुस् । यात्रा भने शुभ हुन सक्छ । यद्यपी अकस्मात अप्रिय समाचार प्राप्त हुन सक्छ ।

१२. मीन: दाम्पत्य जीवनमा शुभ देखिन्छ । आफन्त भेट्ने योग छ । ब्यापारमा लाभ हुन सक्छ ।

ग्रहण लागेको समयमा भुलेर पनि नगर्नुस् यी ५ काम

यस्तो देखियो सूर्यग्रहण (फोटो फिचर)