सेक्सको बारेमा असहज हुँदा अनि तनाव लिदाँ सेक्सको समयमा दुखाइको कारण बन्न सक्छ। एक नयाँ खोज अनुसार हरेक दश महिलामध्ये एकले सेक्सको क्रममा दुखाई अनुभव गर्छन्।

रोयल कलेज अफ अब्सटेट्रीशियस र गाइनोकोलोजिस्टसकी एडी मोरिस भन्छिन्, ‘यो तपाईको जीवनमा महत्वपूर्ण सुधार गर्ने समय हो।’

उनले बीबीसीलाई बताइन, ‘यो चिन्ता र डर बढाउने कारण समेत बन्न सक्छ।’

१६-२४ वर्षका युवती जो पहिलो पटक सेक्स अनुभव गर्न जाँदै छन् उनीहरुलाई उनी सल्लाह दिन्छिन्।

 कुरा गर्नुयदि दुवै पार्टनरलाई सेक्सलाई लिएर अलग-अगल आशा छ भने सेक्स पीडादायक हुन सक्छ। दुवैको मनपर्ने र मनपर्ने कुरा फरक फरक हुन सक्छन्।

एडी मोरिस भन्छिन्, सेक्स पार्टनरसंग भावानात्मक रुपमा सम्बन्ध महत्वपूर्ण मानिन्छ। जसले आफ्नो सहजता र असहजता सजिलै कुरा गर्न सकिन्छ।

‘खुलापन, सेक्सको बारेमा बातचित, पुरा समय लिएर समिपमा रही रोमाञ्चक अनुभव गर्नु सेक्सको लागि सहयोगी सिद्ध हुन्छ।’

निरोधको चर्चा

यौन संक्रामण वा गर्भवती हुने चिन्ताले पहिलो पटकको सेक्सलाई लिएर चिन्ता हुनु स्वभाविक हो। अब केवल महिला मात्र यो कुरालाई लिएर चिन्तित हुँदैनन्।

एडी भन्छिन्, आफ्नो सेक्स पार्टनरसंग यो बारेमा पनि खुलेर कुरा गर्नु आवश्यक छ।

‘जुन गर्भनिरोधक तपाइ दुवैले प्रयोग गर्ने गइरहनुभएको छ त्यसलाई लिएर आश्वस्त हुनुस् । सकेसम्म कन्डम प्रयोग गर्नुस्।’

चिन्ताबाट बच्नु

‘यदि पीडादायक सेक्स केवल एक वा दुई पटक हुन्छ भने चिन्ताको कुनै कुरा छैन, खासगरी अनुभव सुध्रदै छ भने।’

मेडिकल सल्लाह


‘यदि सेक्सको क्रममा पिडा रहिरह्यो भने डाक्टरको सल्लाह महत्वपूर्ण हुन्छ।’

यो पढ्नुस्।
महिलाले यस्ता पुरुषसंग सेक्स रुची राख्छन्
‘सेक्स’ मा चरमसुखका यी ८ रहस्य !
सेक्सपछि किन सुत्छन् पुरुष, थाहा पाउनु् यी ५ कारण