सेक्स, विश्वको सबैभन्दा चर्चित शब्द हो र यसमा विश्वको ९९ प्रतिशत जनसङ्ख्याको चाख हुन्छ। तापनि यसको बारेमा कयौं विचार, धारणा यस्ता छन् जो विज्ञान र रिसर्चद्वारा गलत सावित भएका छन्।Morning Sex

सेक्सको बारेमा त्यस्तै ६ मनढगन्ते कुरा र साँचो कुराको यहाँ चर्चा गरिएको छ।

समलैंगिकताको कुनै खास जीन हुँदैन

विश्वमा मानिसको ठूलो हिस्सा समलैंगिक छ। तर तमाम कोशिसको बावजुद पनि वैज्ञानिकले यसको जेनेटिक्स पत्ता लगाउन सकेको छैनन्। अर्थात मानिसमा समलैंगिकताको भाव पैदा गराउने कुनै खास जीन हुँदैन, यस्तो वैज्ञानिकको मान्यता छ।

टेस्टेस्टोरनले महिला कामोत्तेजित हुन्छन्
यो कुराको बिल्कुलै प्रमाण छैन कि पुरुषको हर्मोन टेस्टेस्टोरनले महिलामा सेक्सको इच्छा पैदा हुन्छ। कयौं केशमा महिला सेक्सको इच्छा नभएको गुनासो गर्छन्। डाक्टरले टेस्टेस्टोरनको इन्जेक्सन लिने सुझाव लेखिदिन्छन।

तर कयौं रिसर्चले यो प्रष्ट पारेको छ कि महिलामा सेक्सको इच्छा टेस्टेस्टोरनसंग सम्बन्धित हुदैन। बरु यसको वास्तविक कारण त अहिले सम्म पत्ता लागेकै छैन।

बच्चा आफ्नो लिंगलाई लिएर दुविधामा हुन्छन्
हाम्रो जिन्दगीको शुरुवातमा हामी आफ्नो लिंगको महसुस निकै कम गर्छौं। निकै बच्चा प्रश्न पनि गर्छन् कि उनीहरु केटा हुन कि केटी। तर जति जति उमेर बढ्दै जान्छ, आफ्नो भुमिका महसुस हुदैँ जान्छ। यी मध्ये १० प्रतिशत पछि ट्रान्सजेन्डर बन्ने गर्छन्।

यस्तोमा बच्चामाथी ज्यादा ध्यान दिनु पर्ने हुन्छ। किनकी किशोर उमेरमा पहिचानको संकटले डिप्रेशन तर्फ धकेल्न सक्छ। कयौं पटक चिन्ता लिएर आत्महत्या सम्म गरेका केश भेटिने गर्छन्।

धेरै जीवमा दुई भन्दा बढी लिंग
सामान्यतया मानिन्छ कि तमाम जनावरमा पुरुष र महिला हुन्छन्। पुरुष र महिला जनावरको व्यवहार पनि फरक फरक हुन्छ।

तर यो सुनेर अनौठो लाग्न सक्छ। जसरी मानिसमा कोही समलैंगिक हुन्छन्। ट्रान्सजेन्डर हुन्छन् यसरी नै जनावरमा पनि कयौं लिंग भेटिने गर्छ।

ब्लूगिल सनफिशमा त पुरुष लिंगमा नै तीन किसिम भेटिने गर्छ।

हामीलाई सेक्सको जरुरत महसूस हुदैन
दुनियाँमा यस्ता मानिस धेरै छन् जो बताउँछन् कि उनीहरुलाई सेक्सको जरुरत महसुस हुँदैन। अमेरिकामा समलैंगिकताको कानुनी दर्जा दिइएपछि यस्तो भन्नेको सङ्ख्या बढ्दो छ। अमेरिकामा यस्ता मानिसको संगठन, एसेक्सुअल भिजिबिलिटी एण्ड एजुकेशन नेटवर्कमा सन् २००३ मा केवल ३९१ थिए। आज यसको सङ्ख्या बढेर ८० हजार पुगिसकेको छ।

आज दुनियाँमा हरेक चीज सेक्सको चाहनामा लपेटेर पस्किने गरिन्छ। त्यहीँ यी मानिस छन्, यो दुनियाँलाई बताउन चाहन्छन् कि सुखी, स्वस्थ्य जीन्दगीको लागि सेक्स त्यस्तो पनि जरुरी छैन।

दुनियाँ प्रेमको दुश्मन

विश्वमा यस्ता कयौं व्यक्ति छन् जो एकै समय अधिक व्यक्तिसंग प्रेम सम्बन्ध गाँस्छन्। अधिक मानिस यस्तो लुकेरै गर्छन्। तर केही यस्ता पनि छन् जो सार्वजनिक तवरमै यस्तो गर्छन्। यस्ता व्यक्तिलाई पोलीएमोरस भनिन्छ, जो एकै समयमा अधिकसंग प्रेम गर्छन्। तर समाजको नियम विपरित भएकाले यस्तो कार्यलाई राम्रो नजरले हेरिने गर्दैन।

यो पनि पढ्नुस्।
लाइभ सेक्सको धन्दा यसरी चल्छ, २४ सैँ घन्टा खुल्छ स्टूडियो
अनौठो रेष्टुरेन्टः जहाँ खानासँगै सेक्स पनि पस्किइन्छ (फोटो फिचर)
‘सेक्स गुरु’ ओशोले अध्यात्ममा यौन कसरी जोडे?