६ चैत, एजेन्सी।
हलिउड नायिका मिचा बार्टनको जीवनमा तनाव बढेको छ। एक्स व्बाइफ्रेन्डले संगै बिताएका नीजि पलहरुका भिडियो बनाइ पोर्न साइटलाई बेच्ने कोसिस गरेपछि मिचा तनावमा आएकी हुन। चर्चा त यो पनि छ कि अनलाइन पोर्न कम्पनीहरुले यो भिडियोको लागि आफ्नो बोली लगाउन समेत सुरु गरेका छन्। मिचाले यसको विरुद्ध कानुनी सहयोग लिने भएकी छिन्।
हलिउडका एक भिडियो ब्रोकर केविन ब्लैट भन्छन्, ‘एक व्यक्ति यो भिडियो लिएर मलाई भेट्न आएको थियो। अहिले यहि भिडियो निकै तीव्र सर्कुलेट हुँदैछ।’
केही दिनपहिले मिचा बार्टनका सेक्स टेप पोर्नोग्राफि साइटमा भेटिएका खबरहरु आएका थिए। यसपछि मिचाले मिडियामा भनेकी थिइन, ‘मेरो लागि निकै मुस्किल समय छ। जसलाई मैलै प्रेम गरे, उसमाथि भरोसा गरे उसैले मेरो साथ बिताएका निजी पल ‘हिडन क्यामेरा’ले सुट गर्यो। सबैभन्दा दु:ख त तब लाग्यो उसले यो भिडियो बेचेर सार्वजनिक गर्ने कोसिस गर्दैछ।’