सेतो र चम्किलो दाँत छैन भने तपाईँको दाँत बलियो र स्वस्थ हुँदैन भन्ने जस्ता विज्ञापनहरू कति देख्नुहुन्छ तपाईँले? विज्ञापन एजेन्सीहरूले मात्रै होइन प्रायजसो सबैले दाँतको स्वास्थ्यको क्षेत्रमा ‘सेतो र चम्किलो’ दाँतलाई नै आधारभूत स्तरको रूपमा लिने गर्दछन्।

तथापी, ‘साइन्स फोकस’को एक रिपोर्टको अनुसार, प्राकृतिक रूपले बलियो दाँत जहिले हलुका पहेँलो रङ्गको हुन्छ।Yellow and White Teeth (2)

मानिसहरू के विश्वास गर्छन् भन्दा कागज अनि पियानोको की जस्तो चम्किलो सेतो दाँत छैन भने त्यो दाँत स्वस्थ हुँदैन। तर यो वैज्ञानिक हिसाबले नै गलत साबित भएको छ किनभने दाँतको प्राकृतिक रङ्ग हलुका पहेँलो हुन्छ र दुई दाँतबीचको काप्चाको रङ्ग हलुका खैरो रङ्गको हुन्छ।

तर, यदि तपाईँको दाँत हलुका पहेँलो भन्दा बढि नै पहेँलो छ भने यो थाहा हुन्छ कि तपाईँले अधिक कालो चिया वा कफी पिउनुहुन्छ अथवा धुम्रपान गर्नुहुन्छ। धुम्रपानले भन्दा पनि बढि त कालो चिया र कफीले नै दाँतलाई पहेँलो गराउँदछ।Yellow and White Teeth (1)

दन्तमञ्जनको विज्ञापनमा देखाइने सेतो दाँत यसरी बनाइन्छ

दाँतमा पाइने इनामेल नीलोसेतो रङ्गको हुन्छ, तर यो पारदर्शी पनि हुन्छ। त्यसैले त्यस पारदर्शी इनामेलभित्रको रहेको रङ्गलाई हलुका पहेँलो अथवा हलुका खैरो देखिने साइन्स फोकसको रिपोर्टले बताएको छ। सेतो र चम्किलो दाँत हेर्दा त राम्रो देखिन्छ तर त्यस्तो दाँत कमजोर हुने र कीराले सङ्क्रमण गर्न सक्ने सम्भावना बढि हुने हुन्छ।

त्यसैले अबदेखि कसैले तपाईँको पहेँलो दाँतलाई लिएर खिल्ली उढाउन थाल्यो भने उसलाई तपाईँले बुझेको र जानेको कुरा भनेर मुख बन्द गरिदिनुहोस्।

यो पनि हेर्नुहोस्-
५ मिनेटमै दाँत चम्काउने अचुक उपाय
केटा होस या केटीः दाँत हेरेर थाहा पाउन सकिन्छ गोप्य कुरा
दाँत सँधै सफा र सेतो राख्ने १० उपायहरू!!
दाँत पहेँलो भएर दिक्क हुनुहुन्छ ?