रौतहट, ४ मंसिर। रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर बजारभन्दा पूर्वपट्टि बाटो छेउमा भेटिएको बेवारिसे बमलाई नेपाली सेनाको एक टोलीले निष्क्रिय बनाएको छ ।

गौर पुरेनावास्थित इन्द्रबक्स गणबाट आज बिहान गएको सेनाको टोलीले ४ घन्टा बढी समय लगाएर बम निष्क्रिय बनाएको हो ।

स्थानीय स्तरमा बनाइएको भएपनि बम शक्तिशाली रहेकाले निष्क्रिय पार्न टोलीलाई समय लागेको इन्द्र बक्स गणका प्रमुख सुजन शाक्यले बताए।

जिल्लाको उत्तरीभेग चन्द्रनिगाहपुरमा बम विष्फोटको घटना सेलाउँदै नपाउँदै गुजरा नगरपालिकामा आज दोस्रो बम बेवारिसे फेला परेको छ । रासस