१ मंसिर, काठमाडौं । एसीसी अन्डर १९ एसिया कपको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समयअनुसार ७:१५ बजे किनरारा अोभलमा हुँदैछ ।  नेपाल र अफगानिस्तान दुवै पहिलो पटक फाइनलमा पुग्ने सुरमा छन् ।

नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा भारत र मलेसियालाई पराजित गरेको थियो । अफगानिस्तान समूह ‘बी’ को विजेता हो ।

यस खेलमा जित हात पार्ने टोलीले फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले बिहीबार बंगलादेशलाई २ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।