२३ असार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आगामी भदौंदेखि अनलाईन सेयर कारोबार परिक्षण आरम्भ गर्ने भएको छ । नेप्सेका लागि स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रालिले आगामी भदौ महिनाबाट प्रणालीलाई परीक्षणमा लैजाने गरी कार्य भइरहेको जानकारी दिएको हो । नेप्सेले आज पत्रकार सम्मेलनको आयोजना गरेर सोको जानकारी दिएको हो ।

वाइको कम्पनीका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र उच्च अधिकारीहरु समक्ष परियोजनाको प्रगतिबारे जानकारी दिँदै प्रस्तावित प्रणालीको विभिन्न मोडुलहरुमा समानान्तर ढंगले काम भइरहेको जानकारी दिए ।

चौधरीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापन लगायत प्रस्तावित प्रणालीमा रहेका विभिन्न मोडलहरुको विकास चरणका बिषयमा जानकारी गराए ।

उनले प्रस्तावित प्रणालीका लागि आवश्यक सम्पूर्ण हार्डवयर उपलब्ध गराइसकेको पनि जानकारी दिदै निर्धारित समयभित्रै टेस्टमा जाने बताए ।