हलिउड नायिका तथा गायिका सेलिना गोमेजले फ्रान्समा चलिरहेको कान्स फेस्टिभल २०१९ को रेड कार्पेटमा आफ्नो जबरजस्त उपस्थिति जनाइन। २६ वर्षिया यी नायिका आफ्नो को-स्टार बिल मुरेसंग कान्समा सहभागी भएकी हुन। बिल र सेलिनाले ‘द डेड डन्ट डाइ’ फिल्ममा संगै काम गरेका छन।

कान्सको रेड कार्पेटमा जब बिलले सेलिनाको कानमा साउती मारे सो तस्विर इन्टरनेटमा भाइरल भयो। रेड कार्पेटको प्रत्यके पाइला-पाइलामा यो जोडीले निकै रोमान्टिक भएर प्रस्तुति दिए।

सेलिनाले इस्टाग्राममा आफ्नो तस्विर सेयर गर्दै ‘बिल र म विवाह गर्दैछौँ’ भनी लेखेकी छिन्।

कानमा भनेको कुरा सोध्दा भ्यानिटी फेयर म्यागजिनसंग बिलले भने, ‘मलाइ याद छैन। म उनलाई सहज अनुभव गराउन खोज्दै थिए।’

सेलिनालाई ‘गोमेज’ मात्र भनेर पुकार्ने बिलले उनी निकै राम्री लाग्ने पनि भने।

६८ वर्षिया बिलले आफु सेलिनाको बडिगार्ड जस्तो भएको अनुभव गरेछन्। सेलिनाको बारेमा बिलले थप भने, ‘उनी अस्वभाविक रुपमा ब्राइट छिन। मलाई मन पर्ने पप आइकन भेटेकोमा म निकै खुसी छु।’

सेलिनाले बिलसंग विवाह गर्ने इन्स्टाग्राममा सेयर गरेको पोस्ट भने मजाकको रुपमा लिइएको छ।

यस्तो थियो सेलिनाले इन्स्टाग्राममा सेयर गरेको पोस्टः