जब सेल्फीको कुरा आउँछ, सबैको आफ्नो मनपर्ने पोज, साइड अनि एङ्गल हुन्छ। कसैलाई माथीबाट लिन मनपर्छ भने कसैले सिधै अगाडीबाट क्लिक गर्छन्। धेरैलाई प्राकृतिक हाँसो क्लिक गर्न मन पर्छ, भने कसैलाई जिब्रो निकालेर सेल्फी लिन मनलाग्छ।

तपाइ कसरी लिनुहुन्छ सेल्फी? किनकी सेल्फी लिने तरिकाले पनि व्यक्तिको पर्सनालिटी पत्ता लगाउन सकिन्छ। जसरी लेख्ने शैली, वा हातमिलाउने तरिकाले व्यक्तिको क्यारेक्टरको बारेमा अनुमान लगाउन सकिन्छ, त्यसरी नै सेल्फीले पनि तपाइको बारेमा धेरै कुरा बताउँछ।

जर्नल कम्प्युटर्समा ‘ह्युमन विहेभियर’को बारेमा प्रकासित एक खोजमा यसबारेमा जानकारी दिइएको छ। यो अनुसन्धान गर्न नियमित सेल्फी लिने १२३ जनामाथी पर्सनालिटी टेस्ट गरिएको थियो।

अनुसन्धानकर्ताहरुले सो टेस्टमा सहभागीहरुले कसरी सेल्फी लिन्छन्, कस्तो पोज दिन्छन्, कुन ठाउँमा खिच्छन् आदी थुप्रै कुराहरुबाट १३ वटा रिजल्ट निकालेका थिए। जसमा केही महत्वपूर्ण तरिकाको बारेमा यहाँ उल्लेख गरिएको छ।

डक फेस

यदी तपाइ डक फेस (ओठ ठूडोँ बनाएर खिचिने सेल्फी) धेरै खिच्नु हुन्छ भने तपाइ भावनात्मक रुपमा अस्थिर व्यक्ति हो। अनुसन्धानकर्ता भन्छन् यसरी सेल्फी लिने व्यक्ति कुनै समय ‘न्युरोटिक’ (अर्थात भावनात्मक रुपमा कमोजोर, वा डिप्रेस्ड) पनि भएको हुनसक्छन्।

हँसिलो अनुहार

यदी तपाइ मुस्काएर वा हाँसेर सेल्फी लिने गर्नु हुन्छ भने, तपाइ नयाँ अनुभव गर्न चाहने खुल्ला व्यक्तित्व हुनुहुन्छ। यस्तो व्यक्तिले जीवनमा जस्तो अवस्था आएपनि खुलेर स्वीकार गर्छ।

जिब्रो निकाल्ने

जिब्रो निकालेर सेल्फी लिने गर्नुहुन्छ? यदी यस्तो हो भने, तपाइ ‘फन लभिङ’ टाइपको व्यक्तित्व हुनुहुन्छ। जोसले भरीपूर्ण अनि थौरै चञ्चल पनि। अनि यसले क्यामेराको अगाडी असहज भएको तर्फ पनि इंकित गर्छ।

लो-पोजिसन्ड फोटो

यदी तपाइ तल्लो एङ्गलबाट सेल्फी लिनुहुन्छ भने तपाइलाई अरुले हेर्दा फ्रेन्ड्ली र सहज देख्छन्।

फिटनेश सेल्फी

यदी तपाइ आफ्नो फिटनेशका क्रियाकलाप सेल्फीबाट सेयर गर्नुहुन्छ भने तपाइले शो-अफ गरेको भनेर अन्यले ठान्छन्। तर यसले तपाइ जीवनमा फोकस्ड हुनुहुन्छ र आफुलाई अझै ग्रो गराउन तत्पर हुनुहुन्छ भने बुझिन्छ।

लोकेसन लुकाउने

यो साच्चै बु्द्दु काम हो। यदि तपाइ सेल्फी सेयर गर्दा सेल्फी खिचिएको ठाउँको जानकारी लुकाउनुहुन्छ भने तपाइको व्यक्तिगत स्पेसमा अरुले हस्तक्षेप गरेको पटक्कै मन नपराउने व्यक्तित्व हुनुहुन्छ, अर्थात प्राइभेट पर्सन।

बेडरुम सेल्फी

यदी तपाइ धेरै जस्तो सेल्फी बेडरुमको सहज वातावरणमा खिच्नुहुन्छ भने यसको अर्थ तपाइ अन्यलाई आफ्नो प्राइभेट स्पेसमा आउन सहजै अनुमति दिने प्रवृतिको हुनुहुन्छ।