एजेन्सी । सोमालियामा राष्ट्रपति कार्यालयको गेट नजिकै बिस्फोट भएको छ ।एक चर्चित होटललाई लक्षित गरी बिस्फोट  हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

_90965708_bomb

राजधानी मोगादिशुमा उच्च सुरक्षा सतर्कता अपनाइएको राष्ट्रपति कार्यालयको गेट नजिकै बिस्फोट भएको बीबीसीले जनाएको छ । घटनामा केही राजनीतिज्ञ पनि घाइते भएको हुन सक्ने आशंक गरिएको छ यद्यपी यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

ओच्छ्यानमा गएपछि हरेक केटीले सोच्ने ६ कुरा

बिस्फोटमा अल कायदा सम्वद्ध अल सबाब समूहको संलग्नता रहेको दाबी गरिएको छ । सार्वजनिक कार्यक्रम तथा बैठकका लागि चर्चित सोमाली युथ लिग होटललाई लक्षित गरि बिस्फोट गराइएको अधिकारीहरुले जनाएका छन् ।घटनाबारे थप विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन् ।