असोज १ गते अर्थात शनिबार देखि सोह्र श्राद्ध शुरु भएको छ । चान्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी (जमरे औंसी) सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो ।

अशुभ समय मानिने राहुकाल दैनिक कुन कुन बेला

कसैकसैले सोह्र दिनको गणना गर्दा आश्व्वीन कृष्णपक्ष प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा मातामह श्राद्धासम्मका सोह्र दिनलाई लिने गर्दछन्। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ ।

shradda 16

यसलाई पितृपक्ष पनि भन्छन्। खासगरी आश्विन कृष्ण प्रतिपदा तिथिदेखि दसै सुरु हुने (जमरे औंसी)सम्म १५ दिन र भाद्र शुक्ल पूणिर्माको एक तिथि जोडेर जम्मा सोह्र दिनको समयलाई सोह्रश्राद्ध भनिएको हो।

केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ।

श्राद्धको दिन गर्नै नहुने कामः

सोह्र श्राद्धको समयमा सूर्य कन्या राशिमा हुन्छ । चन्द्रमा पनि पृथ्वीबाट निक्कै नजिक हुन्छ । शास्त्रका अनुसार चन्द्रमा भन्दा केही माथि पितृ लोक हुन्छ । शास्त्रका अनुसार श्राद्धको समयमा मसुराको दाल, केराउ, राजमा, धतुरो लगायतका बस्तुहरुको प्रयोग बर्जित मानिन्छ । यो समयमा घरमा तामसी भोजन (मासु, मदिरा र असन मानिने खाना) बनाउनु पनि अशुभ मानिन्छ । श्राद्ध पक्षमा शरीरमा सुन, शरीरमा तेल र सावुन प्रयोग गर्नु पनि अशुभ मानिन्छ । श्राद्धको समयमा यी काम गरेमा घरमा अशुभ र अशन्ति हुने शास्त्रमा उल्लेख छ ।

कसका लागि कुन तिथि उपयुक्त ?

आश्विन कृष्णपक्ष पञ्चमी श्राद्ध– यस तिथिमा ती परिजनहरूको श्राद्ध गर्नु महत्त्वपूर्ण मानिन्छ जसको मृत्यु अविवाहित स्थितिमा भएको छ । यसलाई कुमार पञ्चमी पनि भन्दछन्। आश्वीन कृष्णपक्ष नवमी श्राद्ध– यो तिथि माताको श्राद्धका लागि उत्तम मानिन्छ। त्यसैले यसलाई मातृनवमी भन्दछन् । यस तिथिमा श्राद्ध गर्नाले कुलका सबै दिवङ्गत महिलाहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ।

शास्त्र भन्छः सुत्ने समय यी ५ चिज सिरानीमुनी राख्नुस्

आश्विन कृष्णपक्ष एकादशी एवं द्वादशी श्राद्ध– यस तिथिका दिन परिवारका ती व्यक्तिहरूको श्राद्ध गर्ने विधान छ जसले संन्यास लिएको छ । आश्वीन कृष्णपक्ष चतुर्दशी श्राद्ध– यो तिथि ती परिजनहरूको श्राद्धका लागि उपयुक्त छ जसको अकाल मृत्यु भएको छ, जस्तैः दुर्घटना, हत्या, आत्महत्या अदि ।

शास्त्र भन्छ- यी ५कारणले घट्छ मानिसको आयु

आश्वीन कृष्णपक्ष अमावस्या– कुनै कारणले पितृपक्षका सबै तिथिमा पितृहरूको श्राद्ध सम्पादन गर्न विघ्न परेमा अथवा कुनै पनि पितृको तिथि सम्झना नभएको अवस्थामा यस तिथिमा सबै पितृहरूको श्राद्ध गर्न सकिन्छ। यस दिन श्राद्ध गर्नाले कुलका सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता पनि छ। आश्वीन कृष्णपक्ष शुक्ल प्रतिपदा– यो तिथि मावली बाजेबज्यैको श्राद्धका लागि उत्तम मानिन्छ ।

यदि मावलीको परिवारमा श्राद्ध गर्ने व्यक्तिको अभाव छ र तिनको मृत्युतिथि पनि थाहा छैन भने यस तिथिका दिन श्राद्ध गर्नाले तिनको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ र यसबाट घरमा सुख–समृद्धिको प्राप्ति पनि हुन्छ।