चितवन ।
नेपालको प्राकृतिक सौन्दर्यता मनमोहक छ । नेपालको प्राकृतिक सुन्दरताले विदेशी पर्यटकहरुलाई दिनप्रतिदिन आकर्षित गर्दै आएको छ । प्राकृतिसँग लुकामारी खेल्नको लागि नेपालमा धेरै ठाउँहरु छन् । जसले नेपाल र नेपालीको पहिचान गराएको छ र आर्थि रुपमा टेवा पनि पु-याएको छ।

चितवनको सौराह पनि आन्तरिक तथा बाह्य पर्यटक आर्कषणको केन्द्र बनेको छ। चितवनको कला संस्कृति, थारु जातिहरुको मौलक नाँच, चितवन राष्ट्रिय निकुञ्ज, सौराहबाट देखिने सूर्यास्त हेर्नको पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

Sauraha ko sundarta  (1)राजधानी काठमाडौंबाट झण्डै १ सय ४० किलोमिटर दुरीमा रहेको चितवन पर्यटकहरुले हात्ती चढ्ने, सूर्यास्त हेर्ने, राष्ट्रिय निकुञ्जमा रहेका जनावर र चराचुरुङ्गगीको अवलोक गर्ने गरेको छन् । विदेशबाट आएका पर्यटकले चितवनको यात्रा छुटाउने गरेका छैनन् । अहिले चितवनमा चिनियाँ पर्यटकको संख्या ह्वातै बढेको छ ।

Sauraha ko sundarta  (11)

Sauraha ko sundarta  (10)

सौराहामा सञ्चालन गरिएका अधिकाशं होटलहरु खचाखच हुने गरेका छन् । सेन्टर पार्क रिसोर्टका संचालक एवं होटल व्यावसायी सिवी थापाले बन्द हडताल नभए होटल व्यावसय राम्रो रहेको बताए । उनले भने,‘अहिले पर्यटक संख्या बढ्दै गएको छ ।’ चितवनमा पर्यटकहरुले दुई दिन विताउने गरेका छन् ।’

Sauraha ko sundarta  (3)

Sauraha ko sundarta  (4) Sauraha ko sundarta  (2)

पर्यटकलाई अझै बढी दिन बस्ने वातावरण बनाउनको लागि छलफल भइरहेको बताउंदै थापाले यहाँको प्राकृतिक सौन्दर्य, थारु कला संस्कृति नै पर्यटक आर्कषणको केन्द्र भएको बताए ।

Sauraha ko sundarta  (7) Sauraha ko sundarta  (8) Sauraha ko sundarta  (5) Sauraha ko sundarta  (6) Sauraha ko sundarta  (16) Sauraha ko sundarta  (15) Sauraha ko sundarta  (14) Sauraha ko sundarta  (13) Sauraha ko sundarta  (12)