एजेन्सी।

यो १९७०को दशकमा अफगानिस्तानको राजधानी काबुलमा खिचिएको तस्विर हो। पत्यार लाग्दैन तर अहिले २१ औँ शताब्दीमा अफगानिस्तानमा यस्तो दृश्य देख्न असम्भव झै छ।

१९७० का यी मिनिस्कर्ट लगाएका तस्विर हेर्दा कल्पना गर्न सकिन्न कि अफगानिस्तानमा यस्ता पनि दिन थिए। आज अफगानिस्तानमा अनुहार समेत छोप्ने बुर्का लगाउनु पर्ने स्थितिमा छन् त्यहाँका महिला।

अफगानिस्तामा महिलालाई मताधिकार सन् १९१९ बाट दिइएको थियो। सो प्रगतिशिल समाज सन् १९८० को दशकमा सोभियत समर्थित सरकार र मुजाहिदीनबीचको संघर्ष पश्चात परिवर्तन हुन थाल्यो र ९० को दशकमा तालिवान सरकार आएपश्चात त एकाएक रुढीवादी हुन पुग्यो।

हेर्नुस् विश्वका पुराना केही तस्विरहरु:

फिल्म प्रेमीले यो दृश्य नौलो छैन। यो मेट्रो गोल्डविन मायेर (एमजीएम) फिल्म कम्पनीको लागि गरिएको फोटोसुटको तस्विर हो। यो सुट पश्चात गोलो घेरा भित्र सिंह गर्जेको लोगो बनेको थियो। ज्याकि नामको यो सिंह १९८८ देखि ५६ सम्म लोगोको हिस्सा रहेको थियो।

जर्मन उद्योगका कामदार अगस्ट ल्याडमेसरले १३ जुन, १९३६ देखि मा हिटलरलाई नाजी स्यालुट गर्न इन्कार गरेका थिए। उनकी श्रीमती यहुदी थिइन। यो जर्मनीको तस्विर हो। ती दिन हिटलरको चरम शासन थियो। अगस्टलाई पछि गिरफ्तार गरेर सैन्य सर्भिसमा पठाइयो, जहाँ काम गर्दा गर्दै उनको मृत्यु भयो।

सन् १९५४ मा मिस युनिभर्स प्रतियोगिताको क्रममा मिस न्युजिल्याण्ड बेहोस भएर लडेकी थिइन।

सन् १९४६ मा रोमानियामा खिचिएको तस्विर। एक भालूलाई बिरामीको पिठ्युमा बसाएर दुखाइको उपचार गरिदैँ।

चर्चित कम्पनी हार्ले डेभिडसन कम्पनीका स्थापक विलियम हार्ले र अर्थर डेभिडसन। यो अमेरिकी मोटरसाइकल निर्माण कम्पनी हो जुन सन् १९०३ मा स्थापित भएको थियो।

सन् १९५८ मा जर्मनीमा खिचिएको फोटरो जहाँ १७ वर्षकी वियांका पेसर्ज वाइनको बोत्तलमाथी नृत्य गर्दै।

उडिरहेको विमानबाट बाहिर निस्केर पंखा ठिक गर्ने कोसिस गर्दै पाइलट। यो पुरानो तस्विर कहाँ र कहिले खिचियो रेकर्ड उपलब्ध छैन।