हरि थापा,दोलखा

धेरै दिन पछि अाज उसलाई संजोगले एकान्तमा भेट्ने मौका पाए। सोचे अब यो अवसर गुमाउनु हुदैन। उनका धेरै साथी थिए कसम यो भाग्य हुनु पर्छ अाज उनिलाई एक्लै देख्नुमा। कुरा गर्दै हामी हिड्दै थियौँ, उनि अगाडी म उनको पछाडी। मन उकुसमुकुस भएर म ट्क्क उभिएँ। मेरो मनले के भन्न खोजिरहेको छ उनले पनि बुझ्नु पर्ने हो। उनले सोधिन तिमीलाई सन्चो छैन कि कसो?beautyplus_20150530205113_fast

अहँ, म त मोैन हुदै कल्पनामा डुवेर विच वाटोमा उभिए छु। उनले मलाई अाफुतिर तान्दै भनिन के भयो हँ? उनको यो ध्वनि छातीभित्र ठोकिदै मस्तिष्कमा गएर अडियो।
मैले डराई-डराई उनको अगाडि भने “आई लभ यु डियर‌!”

“हजूर, के भन्या” मैले सुनिन ?
मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भनें “आई लभ यु, तिमीलाई धेरै मनपराउँछु ।”

एक थप्पड मेरो गालामा हिकाईन् उनले म डराएँ। आत्तिएर सरी भन्न पुगेछ। अब के हुने हो? लाग्यो ठुलो गल्ती भयो ‘माफ गर’। उनले भनिन् “बुद्दु यति भन्न पनि यतिका समय ला’को ! माया गरेपछि उहिल्यै भन्नु पर्दैनथ्यो । खाली एकोहोरो हेर्ने, पागल!”

म अक्कनवक्क भएँ, मात्रै उनलाई हेरिरहे अनि मीठो हाँस्दै बिस्तारै मेरो अँगालोमा बाँधिदै भनिन्, “था’छ? म पनि त चाहन्थे तिमीलाई पहिलेदेखि नै तिमीले कहिले यति कुरा भन्छौ भन्ने प्रतिक्षामा कति दिन बिताएँ।’

यतिका दिन तड्पाएर मात्रै वल्ल मेरो हुँदै थिइन। म अत्यन्त विस्मित थिए। मलाई त्यो खुसिमा फेरी खुव जोडले अाई लव यू भन्न मन लाग्यो यस्तो पब्लिक स्पोटमा मैले फेरी हिम्मत गरे अाई… लव.. यू …

‘किन कराउदैँ छस्? उठ!’ आमाले उठाउनु भयो। हठात् मेरो आँखामा घामको झुल्का परेझैं लाग्यो यसो दखें म त विस्तारामा पो रहेछु। मेरो अँगालोमा त सिरानी थियो। भित्ते घडीमा बिहानको सात बजेको देखें ।अनि आफ्नो हातको सिरानीलाई हेर्दै सोचे “धत् म पनि, ओहो कति मिठो संवाद, फेरि सुत्नु पर्यो कति मिठो स्वीकारोक्ति उनको, आहा” भन्दै म फेरि पल्टिएँ निदाएर उही सपना पछ्याउन, तर अहँ, आधा घन्टासम्म कोसिस गरें, निदाइन ।

अति चन्चल मन न त बाधेर राख्न सकिन्छ न त कुनै उपाय अपनाउन सकिन्छ। खै मन पनि के हो के हो! अाफुले अाफुलाइ चिन्न सक्दिन, सोच्दै नसोचेको मान्छेलाइ सपनीमा देखिनु एउटा अनोैठो, अच्चम्म लाग्ने कुरा हो। जब जब उसलाई सपनीमा सधै झै देख्न थाले विपनी मा न त उनि संग हाँसखेल हुन्थ्यो न त त कुनै कुरा नै। हाई हेल्लोमा सिमित थियो। मैले एउटा असल साथी को रुपमा अनि सकरात्मक सोच भएकी एउटा असल नारी सम्झेको थिएँ। ‘के छ हालखबर होमवर्क गर्यौ?’ यस्तै कुरामा सिमित हुन्थ्यो यहाँ भन्दा बढि न उनि बोल्थिन न म।

सपनाका कुरा मनमनमा मात्र गुन्जीरहन्थे। सायद उसले पनि मेरो सपना देख्छिन कि? मनमनै सोच्थे। खै! अच्चम्म त अाफैलाई लागिरहेक‍ो थियो। किन देखिन्छ ति सपना? ती रातका सपनाले मलाइ सताई राख्यो।

अाफैलाई प्रश्न गर्थे। के साच्चिकै उनले मलाई मन पराउँछिन त ? यदि साच्चिंकै मन पराईदिएत हुन्थ्यो नि जस्तो लाग्थ्यो। मनमनै कति हर्षित भई रहन्थे तर यो त उनलाई पाउने सपनामा मात्र सिमीत थियो र मनमा लाग्ने गर्थो पाए भने संसारकै खुसी हुन्छु। उनलाई पनि खुसी दिने सपना बुन्थे ।

त्यो मेरो एकलौटि सपना थिए। न त म उनिसंग खुलेर कुरा गर्न सक्थे। त्यो एउटा मन चन्चंल बनाउने माध्यम मात्र थियो। त्यो त मेरो मनमा खेल्ने कुरा मात्र त थिए। मनमनै सोच्दा पनि कतै अरुले थाहा पाउने हो कि? थाहा भयो भने के उतर दिने होला कसैले उनलाई कुरा लगाईदियो भने त उनी रिसाउलिन्!

यो मेरो शंकानै शंकामा अल्झिएको मन फेरी अाफैले अाफुलाई बुझाउने क‍‍ोसिस गर्थे। धत! म पनि के के सोचेर बस्छु। लगभग एक डेढ बर्ष देखिका सपना कहिल्यै पुरा भएन। सपना मात्र, अब त अाफ्नो सपना अाफैलाई दिक्क लाग्न थालिसकेक‍ो थियो। जीउ पनि गह्रौँ कुनै सामान बोकेर थाके जस्तै हुन लागिसकेको थियो ।

चाडपर्व नजिकिएको थियो। स्कुल कलेज विदाहुने बेला भइसकेको थियो। दशैं विदाको अन्तिम दिन स्कुलमा शुभकामना अादनप्रदान कार्यक्रम राखिएक‍ो थियो। अाफुलाई भने त्यो कार्यक्रमप्रति कुनै चासो थिएन तर पनि बाध्यताले कार्यक्रममा उपस्थित त हुनै पर्यो। नत्र सरको किचकिच अनि गाली सुरु हुन्थ्यो। कार्यक्रममा साथीहरु धुम मच्चाउदै थिए। कथा, कविता, गित गाउने, नाच्ने प्रत्येक विद्यार्थीले केहि न केहि देखाउनै पर्ने अनिवार्य।

सबै जनाको शुभकामना दिने पालो पछि मेरो अायो। सबैले गित, गजल, कविता, चुट्किला, ठट्योैलीहरु सुनाए। प्रेमसंग सम्बन्धित एउटा कविता पाना हेरेर बाचन गरे।

जब मैले कविता वाचन गरे सबै मेरो मुख तिर हेरिरहे। ताली बजाए अनि एकपछि अर्को काने खुसी गर्न थाले। म लजित भए। मेरो एउटा हरफले धेरैलाई छोएछ। प्रेम संग सम्बन्धित भए पछि प्रेम गर्ने जोडीलाई त छुनेनै भयो। उत्ता सर म्याडमहरुको पनि मुस्कान बढ्दै थियो। कतिले त मलाई भेटेर सोधे, किन यस्तो भावुक कविता?

शंका धेरैले गरे। मैले देख्ने सपनाको बारेमा कसैलाई थाहा छैन, म ढुक्क थिए।

कार्यक्रम सकिएपछि सबै घरतिर हिँडे। अब एक महिना ढुक्कै थियो। बाटोमा जोडी केटा केटी थिए। अनि म पनि … उनि संग नै मिठास गफ गर्दै हिडिरहेको थिए । मैले उनको लागि एउटा पोष्टकार्ड पछाडि लेखेर दशैंको शुभकामना ब्यक्त गरेको थिए। साथमा छेउ पट्टि कविता लेखेको थिए। उनले पनि झोलाबाट पोष्टकार्ड हातमा थमाई दिइन। एक छिन त अकमक्क परे अनि कति बेला पोष्टकार्ड हेरौँ भयो।

पोष्टकार्डसंग एउटा पेपरमा पुरा पना भरी लेखिएको थियो । घर अाइसकेपछि हतार हतार पेपर अनि पोष्टकार्ड खोले। पढ्न थाले। यति धेरै खुसी सायद जीवनको पहिलो थियो होला। त्यसपछि त कविता र गीत र गजलको चाङ लागेको थियो प्रत्यक दिन कविता लेखेर दिनुपर्ने नत्र उनको अनुहारमा हल्का फिका निरासपन देखिन्थ्यो। त्यहि भएर हरेक दिन प्रेम कविता रच्नैपर्ने हुन थाल्यो ।

यसरी दिन दिनै नजिकिदै गयौँ। हुँदा हुँदा छुटिन नसकिने भइएछ। अब त भगवान सम्झी तिता मिठा कुरा साथै कहिल्यै नछुटिने बाचा गर्ने गर्थ्यौ। एकाएक छुटिनै नसक्ने स्थितीमा पुगीसकेका थियौँ। तर समय परिस्थिती संधै उस्तै नहँदो रहेछ।

उनका बाले मसंगको सम्बन्ध थाहा पाएर म बाट सधैको लागी टाढा बनाइदिए। अाज उनि कुन दुनियाँमा रमाउदैँ छिन त्यो त थाहा छैन तर म त ती अतीत सम्झदै बसेको छु। ती मिठास सपना जब टुटे जिवनले नयाँ मोड लिन सकेन्। ती सबै सपनाहरु खाएका कसमहरु सपनामै सिमीत रहे । यी सपनालाई विपनामा परिणत गर्न उनको अावश्यकता थियो। जब उनले खाएको कसम तोडिन इच्छाहरु अोईलाउदै गए। मन मस्तिष्क उजाड बन्दै गय‍ो।  सपनाहरु एकाएक ऐना झै फुटि गयो। उनको साहारा विना जीवन असफल भयो अतीतले ब्युझाई रहयो्।

जति दु:ख सम्झेपनि जति बोझ सम्झेपनि जीवन त एक्लै भएपनि जिउनै पर्ने रहेछ। तर एक्लोपनले सताइरहने रहेछ। एउटा मान्छेको साथबिना जीवन बेसाहार हुँदोरहेछ। एक्ल‍ोपनमा जिउन सोचे जस्तो नभए पनि बाच्न सक्नुपर्ने र सिक्नुपर्ने रहेछ। साथ विना पनि बाच्नु यहिं त जीवन रहेछ, स्टिल मिस यू डियर…