‘स्टुडेन्ट अफ द इयर-२’ शुक्रबारबाट रिलिज भएको छ। यो ‘स्टुडेन्ट अफ द इयर’ को सिक्वेल हो। यो फिल्मले वरुण धवन, आलिया भट्ट र सिद्धार्थ मल्होत्रालाई बलिउडमा उतारेको थियो। तीनै कलाकारको बलिउड करिअर उचालेको यो फिल्मको सिक्वेल प्रदर्शनमा आएको हो।

फिल्ममा टाइगर श्रोफ, अनन्या पान्डे र तारा सुतरियाको प्रमुख भुमिका छ।

अनन्या पान्डे र तारा सुतरियाको बलिउडमा यो डे्ब्यु फिल्म हो।

फिल्मको एउटा गितमा हलिउड स्टार विल स्मिथको स्पेशल एपिअसरेन्स छ।

अनन्या चंकी पान्डेकी हनीमून बेबी

अनन्या बलिउड कलाकार चंकी पान्डे र भावनाकी छोरी हुन। चंकीले एक अन्तर्वार्ताको क्रममा उनको जन्मबारेमा बोल्दै भने, ‘अनन्या हाम्रो हनिमून बेबी हो। हामीले जनवरी १९९८ मा विवाह गरेका थियौं। अनि अक्टोबर १९९८ मा अनन्याको जन्म भयो।’

भावना भन्छिन, ‘अनन्याको जन्म हाम्रो विवाहको ९ महिना १६ दिन पछि भएको थियो। यो अजीवको संयोग छ कि चंकी आफ्नो आमाबुबाको विवाहको ९ महिना १६ दिन पश्चात जन्मेका थिए, अनि म मेरो आमाबुवाको विवाहको ९ महिना १६ दिन पछि नै जन्मेको थिए।

अनन्या बाहेक चंकी र भावनाको १५ वर्षिया अर्की छोरी पनि छिन, उनको नाम रायसा हो।