४ फागुन, एजेन्सी ।

न्युयोर्क फेशन सप्ताहमा स्तन क्यान्सरसंग लडेर बाच्न सफल एक महिला र्याम्पमा आएकी छिन्। यो फेशन कार्यक्रमको मुख्य उद्धश्य क्यान्सरसंग लडिरहेका महिलाहरुको भलाइका लागी रकम संकलन गर्नु रहेको छ ।

र्याम्पमा देखा परेका महिलाहरुमा अस्कर अवार्ड जित्न सफल कलाकार मिरा सर्विनो पनि उपस्थित छिन् । कैयौ मोडलले आफ्नो कथा बताउदै क्यान्सर पश्चात शरिरमा आएको परिवर्तन समेत देखाएका थिए।

४ वर्षीय प्याज मुरले कार्यक्रममा सहभागी हुदै भनिन्, “मलाइ सर्जरीका यी दागहरु सुन्दर लाग्छन् । म यहाँ छु किनकी म बाच्न सफल भएकी छु । त्यसैले मलाई आफैप्रति गर्व लाग्छ ।” पाँच हप्ता अघि मात्रै उनले स्तन क्यान्सरको सर्जरी गराएकी थिइन् ।

व्रिटेन तथा अमेरिकास्थित क्यान्सर अनुसन्धानकर्ताका अनुसार हरेक ८ अमेरिकी महिला मध्येमा १ महिलालाई क्यान्सरको सम्भावना देखिएको छ । यो समस्या विश्वभरकै महिलाहरुमा यस्तै अनुपातमा देखिने गरेको पाइन्छ।

यो पढ्नुस्।

गोरीको तुलनामा काली महिलामा स्तन क्यान्सरको जोखिम दोब्बर

विश्व स्वास्थ्य संगठन भन्छ, क्यान्सरबाट जोगिन अपनाउनुस् यी १० उपाय