१९ चैत, काठमाडौं ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले स्थानीय तहको विर्वाचनमा क्रान्तिकारी ढंगले भाग लिने बताएका छन् ।

उनले दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेपनि अहिले सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिने बताएका हुन् । ‘नेपालमा चुनाव उपयोग गर्दा दक्षिणपन्थी र बहिष्कार गर्दा क्रान्तिकारी भइन्छ भन्ने मानसिकता भएपनि त्यो गलत हो, बैद्यले भने ।

‘विश्व र नेपालमा पनि क्रान्तिकारी ढंगले चुनाव उपयोग गरिएका र बहिष्कार क्रान्तिकारी नभई ढोंगमा परिणत भएका उदाहरणहरु पनि छन् । यसरी हेर्दा चुनाव उपयोग हमेशा गलत र बहिष्कार हमेशा सही हुन्छ भन्ने कुरा पनि ठीक होइन, उनले भनेका छन् ।

अध्यक्ष वैद्यले तिथिमिति घोषणा गरिए पनि निर्वाचन गरिने अझै सुनिश्चितता भइनसकेको बताउदै निर्वाचन हुने नै स्थिति पैदा भएमा जाने बाटो पार्टीले लिने बताए ।

जनयुद्ध तथा क्रान्तिले गंभीर धक्का खाई प्रतिक्रियाकाल सुरु भएको, जनताका बीचमा संगठन विस्तार गर्न आवश्यक बन्न गएको, जनताको एउटा ठुलो हिस्सामा निर्वाचनप्रति चासो देखिएकोले निर्वाचनको क्रान्तिकारी ढंगले उपयोग गर्न आवश्यक छ, वैद्यले भनेका छन् ।

यस प्रकारको उपयोग पार्टीद्वारा सिधै नभई संयुक्त मोर्चा मार्फत् गर्ने र त्यसका लागि मोर्चालाई समर्थन गरेर जाने नीति अबलम्वन गर्नुपर्नेमा वैद्यले जोड दिएका छन् ।