६ चैत, काठमाडौ । अन्तरिम चुनावी मन्त्रीपरिषद्का अध्यक्षलाई सरकार चलाउनका सहयोग गर्ने उदेश्यले बनेको चार शक्तिको उच्च स्थरीय राजनीतिक समितिको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो बस्ने भनिएपनि स्थान र समय नतोकिएको छैन् । आज बस्ने उक्त बैठकमा संवैधानिक नियुक्तका विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा निर्वाचन आयोग, लोकसेवा आयोग, अख्तियार दूरूपयोग अनुसन्धान आयोगमा रहेका रिक्त पदमा नियुक्तिका विषयमा छलफल हुनेछ ।
प्रचण्डको प्रस्तावमा जनआन्दोलन ०६२/०६३ का बेला सर्वसाधारणको व्यापक दमन गर्न निर्देशन दिएका लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख पद दिने तयारी गरिएपनि दलभित्रकै नेताहरूले व्यापक आलोचना गरेपछि त्यस विषयमा थप छलफल पनि गरिने एक नेताले बताएका छन् ।