काठमाडौं, ७ चैत । स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपीओ आगामी चैत १० गते आइतबार बाँडफाँड हुने भएको छ ।

सर्वसाधारणका लागि खुला गरिएको २ लाख ५२ हजार कित्ता आइपीओमा ३ लाख ४४ हजार जनाले ८३ करोड २७ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । अत्यधिक आवेदन परेपछि कूल आवेदकमध्ये ८ प्रतिशतले १० कित्ताका दरले शेयर पाउने छन् ।

लघुवित्तको आइपीओमा सर्वसाधारणको निकै आकर्षण देखिने गरेको छ । हाइड्रोपावर कम्पनीका शेयरमा कमै आवेदन परेपनि लघुवित्तको आइपीओमा अत्यधिक चाप हुने गरेको छ । पछिल्लो पटक माग भएको आशा लघुवित्त वित्ति संस्थाको आइपीओमा पनि उस्तै चाप देखिएको थियो । आशा लघुवित्तको शेयर दोस्रो बजारमा दिनहुँ १० प्रतिशतले बढेर बिहीबार ५ सय १० रुपैयाँ पुगेको छ ।